Logo बैशाख ७, २०७८ मंगलबार


लघु कथा : दाग राम्रो छ

-दीपक मशाल

–यहाँबाट बाहिर निस्किहाल, फटाहा…

वर्षाको फोहोर पानीमा भिजेको चप्पल लगाएको कल्लु आफ्नो घरभित्र पसेको देखेपछि शोभा आन्टीले अचानक कालीको रुप धारण गरिन् र उसको कान नजिक एक झापड हानेर घरबाट निकालिदिइन् ।

–रमा तिमीलाई कति पटक भनिसकेँ कि तिम्रा सन्तानलाई यहाँ नलेउ भनेर । सारा घर जंगलजस्तो फोहोर बनाउँछन् …
आन्टीले आफ्नो घरमा काम गर्ने दिदीलाई कराइन् ।

‘म त ल्याउँदिन तर यो सानो छोरो मेरो पछिपछि लागिहाल्छ । अबदेखि ल्याउँदिन म्याम् ।’ आँखाभरि आएका आँसुलाई रोक्दै कान छामेर घर बाहिर उभिरहेको छोरोलाई हेर्दै रमाले भनिन् ।

त्यसपछि रमाले चुपचाप पुछ्ने कपडा लिएर कल्लु भित्र पस्दा बनेको खुट्टाको छाप सफा गरिन् ।

केही समयपछि आन्टीको छोरो प्रसून स्कूल बसबाट ओर्लिएर हिलो पानीमा जुत्ता डुबाउँदै आयो । रुझदै ऊ घरभित्र पसेको देखेपछि आन्टीको मनमा वात्सल्यको सागर फुट्यो ।

‘कति बद्मास भएको मेरो छोरो’ भन्दै आन्टीले छोरोलाई आफ्नो छातिमा टाँसिन् ।

‘सरी मम्मी भुँइमा हिलोको दाग लाग्यो’, प्रसून आफ्नो कोठासम्म हिलो खुट्टा लिएर पुगेपछि भन्यो ।

शोभा आन्टीले प्रसूनको कपडा खोल्दै भनिन्, ‘केही छैन छोरा, दाग त राम्रो छ नि हैन ? काम गर्ने रमा आन्टीले सफा गरिहाल्छिन् नि अब ।’

बाहिर कल्लु आफ्नो फोहोर पानीले भिजेको चप्पल र प्रसुनको जुत्ता मिलाउँदै थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।