Logo असार ४, २०७८ शुक्रबार


जोड एकतामा अडान पुरानै

काठमाडौं । नेकपा (एमाले) का दुवै समूहका नेताहरु पार्टी एकता अपरिहार्य रहेकोमा जोड दिएपनि आ–आफ्ना अडानबाट भने कायमै राखेका छन् । शुक्रवार बसेको संसदीय दलको बैठकमा उपस्थित दुवै समूहका नेताहरुले आफ्ना पुराना अडान जस्ताको त्यस्तै प्रस्तुत गरेका हुन् ।

पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सकेसम्म पार्टीभित्रै बसेर संघर्ष गर्ने निष्कर्षसहित संसदीय दलको बैठकमा सहभागी भए पनि अध्यक्ष ओलीले पार्टी एकतामा चासो नदेखाएको जनाएको छ ।यसअघि ओलीले बोलाउने गरेका संसदीय दल र केन्द्रीय कमिटीको बैठकमा सहभागी नभएको यो समूहले शुक्रबार बालुवाटारमै पुगेर आफ्ना अडान र पार्टी एकताका लागि ओलीसँगका अपेक्षा प्रस्तुत गरेको हो ।

पार्टीमा दुई समूहका नाममा समानान्तर गतिविधि भइरहेका बेला ओली पक्ष र असन्तुष्ट नेताहरु यसरी बैठकमा बसेर छलफल गर्नुलाई भने सकारात्मक रुपमा लिइएको छ । आ–आफ्ना असन्तुष्टि र विचार पार्टी कमिटीभित्रकै बैठकमा प्रस्तुत हुनुलाई दुवै पक्षका नेताहरूले सकारात्मक शुरुवात भने पनि एमाले विभाजनको खतरा भने रोकिने लक्षण देखिएको छैन ।

अडानमा टसमस भएनन् दुवै पक्ष

संसदीय दलको बैठकमा दुवै पक्षले आ–आफ्ना भनाइ प्रष्ट राखेका छन् । दुवै समूहका नेताहरुको अभिव्यक्तिमा कुनै लचकता छैन । अध्यक्ष ओलीका पछिल्ला कदमहरु खारेज गर्नुपर्ने भन्दै समानान्तर गतिविधि गरिरहेको खनाल–नेपाल समूहले पार्टी एकता बचाउने जिम्मा ओलीको हातमा रहेको बताउँदै आएको छ ।

बैठकमा संसदीय दलका नेतासमेत रहनुभएका प्रधानमन्त्री ओलीले २८ गतेको निर्णयबाट पछि हट्न नसकिने र उक्त बैठक वैधानिक भएको बताउनु भएपछि उपमहासचिव घनश्याम भुसालले त्यसको खण्डन गर्नुभएको थियो । ओलीले नेताहरुको अनुपस्थितिमा एकलौटी गरिएका निर्णय खारेज नगर्ने बताउनु भएपछि भुसालले तथ्यभन्दा फरक कुरा गरिएको भन्दै फागुन २८ को बैठक कुनै आधिकारिक नभएको धारणा राख्नुभएको थियो । तर खनाल–नेपाल समूहले राखेका माग पूरा हुन नसक्ने खालका रहेको उल्लेख गर्दै ओलीले फागुन २३ गतेयता भएका पार्टीका निर्णय उल्टाउन नसकिने अडान लिनुभएको छ ।

त्यस्तै खनाल–नेपाल समूह पनि आफूहरूलाई जानकारी नै नदिईकन फागुन २८ मा बैठक बोलाएको र त्यो बैठकबाट गरिएका निर्णय खारेज हुनुपर्ने अडानमा छ । फागुन २३ को फैसलाले एमालेलाई २०७५ जेठ २ को अवस्थामा पुर्‍याएकाले त्यहाँबाट सबै छलफल र पार्टीभित्रको संवाद सुरु हुनुपर्ने खनाल–नेपाल समूहको ‘बटम लाइन’ छ । तर यो समूहको यस्तो अडानअनुरुप अघि बढ्न नसकिने ओलीले संसदीय दलको बैठकमै बताउनुभयो ।

खनाल–नेपाल समूहका अधिकांश नेता र सांसदहरुले संसदीय दलको बैठकमा असहमति रहे पनि जानुपर्ने मत राखेपछि वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा यो समूहका सबै सांसद बालुवाटार पुगेका थिए । तर नेता नेपाल र उपाध्यक्ष भीम रावल भने दलको बैठकमा सहभागि हुनुभएन । नेपाल आफू बालुवाटारमा बोलाइएको बैठकमा सहभागी नहुने भन्दै नजानु ुभएको बताइएको छ । त्यस्तै रावलले आफूमाथि स्पष्टीकरणका नाममा गम्भीर आरोप लगाइएकोले त्यसमा केपी शर्मा ओलीले माफी नमाग्दासम्म बैठकमा नजाने अडान लिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…