Logo बैशाख ३१, २०७८ शुक्रबार


एक दिवसीय क्रिकेटमा इङ्ग्ल्याण्ड विजयी

एजेन्सी । भारतसँगको दोस्रो एक दिवसीय क्रिकेटमा इङ्ग्ल्याण्ड ६ विकेटले विजयी भएको छ । भारतको पुनेमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ६ विकेट गुमाएर ३ सय ३६ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको इङ्ग्ल्याण्डले ४३ दशमलव ३ ओभरको खेल सकिँदा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । इङ्ग्ल्याण्डलाई जिताउन जोनी बायरस्टोले सबैभन्दा धेरै १ सय २४ रन बनाए । यस्तै बिन स्ट्रोक्सले ९९ र ज्यासन रोयले ५५ रन बनाए ।

भारतका लागि लोकेश राहुलले १ सय ८ रन बनाएका थिए । जितसँगै इङ्ग्ल्याण्डले शृङ्खला १–१ को बराबरीमा ल्याएको छ । शृङ्खलाको छिनोफानो अन्तिम एक दिवसीयबाट लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…