Logo बैशाख ३१, २०७८ शुक्रबार


चर्चित म्युजिक एरेन्जर उदयराज पौडेलले गाए ‘काठमाडौं बजार’ (भिडियोसहित)

काठमाडाैं । चर्चित म्युजिक एरेन्जर तथा गायक उदयराज पौडेलको स्वरमा ‘काठमाडौं बजार’ बोलको गीत सार्वजनिक भएको छ । बिस्ट प्रोडक्शन युट्युव च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो ।

दर्जनौँ चर्चित नेपाली गीतमा संगीत संयोजन गरिसकेका उत्कृष्ट म्युजिक एरेन्जर पौडल उत्तिकै कुशल गायक एवम् संगीतकार पनि हुन् । यसअघि आफ्नै स्वर र संगीतमा उनले ‘चिटिक्क’ बोलको गीत बजारमा ल्याएका थिए । शुक्रवार सार्वजनिक ‘काठमाडौं बजार’ गीतको शब्द सबिन एकतारेले लेखेका हुन् ।

सुशान्त गौतमको संगीतमा उदयराजको संगीत संयोजन र गायन दुबै खुलेको छ । गीतको ध्वनि सम्पादन भने श्यामश्वेत रसाइलीले गरेका हुन् । भिडियोको छायाँकन बाहेक कथाबस्तु लेखन, नृत्य निर्देशन, निर्देशन र सम्पादन समेत सबिन कार्की ‘बिस्ट’ले गरेका हुन् ।

भिडियोमा सबिन कार्कीसँगै विपना थापा, सञ्जय कार्की र गीतका गायक उदयराज पौडेलको समेत अभिनय हेर्न सकिन्छ ।

भिडियो :

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…