Logo बैशाख ७, २०७८ मंगलबार


काेराेना कहरबीच वसन्तपुरमा हाेलीकाे राैनक (फाेटाेफिचर)

काठमाडाैं । आज (आइतबार) फागुन शुक्ल पूर्णिमा अर्थात रङहरुको पर्व होली मनाउने क्रम जारी छ । आज हिमाली र पहाडी जिल्लाहरुमा होली मनाउने क्रम जारी छ । तराईका जिल्लाहरुमा भने सोमबार मात्रै होली मनाइन्छ । हिमाल, पहाड र तराईमा गरी फरक फरक दिन मनाउने गरिएपनि पर्वको शुरुआत भने होलीको चीर ठड्याइएको दिनदेखि हुन्छ । यस वर्ष काठमाडौंको बसन्तपुरमा चैत्र ८ गते चीर ठड्याइएको थियो ।

त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रल्हादलाई मार्नको लागि ब्रम्हाबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई झिकाई प्रल्हादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफै जलेर भष्म भएको र प्रल्हादको भक्तिका कारण आगोले छुन नसकेको कथा होली पर्वसँग जोडिएको र पापी प्रवृति भएकी होलीकाको मृत्यु भएको खुशियालीमा परापूर्व कालदेखि होली मनाइँदै आएको कथन छ ।

चीर ठड्याइएको स्थान बसन्तपुरमा आइतबार दिउसो पुग्दा सर्वसाधारणहरुले उल्लाहसका साथ होली खेलिरहेको देखिएको छ । सरकारले कोरोनाको दोस्रो लहर सुरु हुनसक्ने भन्दै भीडभाड नगर्न आग्रह गरेपनि मानिसहरु वसन्तपुर क्षेत्र पुगेर रङ खेलिरहेका देखिन्थे ।

धालसिक्व मानन्धर सनाःगु खलका सचिव गजेन्द्रप्रसाद मानन्धरले आज बेलुका नै ठड्याइएको चीरलाई ढालिने बताउनुभयो । चीर ढाल्नका लागि ७ बजेर ३७ मिनेटको साइत निस्किएको पनि उहाँले बताउनुभयो । त्यसपछि गर्जोपल्टन सहितको टोलीले बसन्तपुर–इन्द्रचोक–न्युरोड हुँदै टुँडीखेलसम्म पुर्याएर राती ८ बजेर ५३ मिनेटमा चीरको विधिपूर्वक दाह गरिने पनि सचिव मानन्धरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन सरेको छ । बैैशाख २५ देखि २८ गतेसम्म तय भएको महाधिवेशन जेठमा…

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।