Logo बैशाख २९, २०७८ बुधबार


म्यानमारमा भइरहेको नरसंहार अमानवीय र निन्दनीय : कांग्रेस

काठमाडाैं । नेपाली कांग्रेसले म्यानमारमा प्रजातन्त्र पुन:स्थापनाका लागि भइरहेको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ। म्यानमारमा पछिल्ला केही दिनयता सैनिक सरकारले नरसंहार गरिरहेको घटना तथा प्रवृत्ति अत्यन्तै अमानवीय र निन्दनीय भएको भन्दै कांग्रेसले प्रजातन्त्र पुन:स्थापनाका लागि ऐक्यवद्धता जनाएकाे हाे ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्तिमार्फत सैनिक सरकारकाे प्रवित्ति अत्यन्तै अमानवीय भएकाे बताउनुभएकाे छ । ‘म्यानमारमा पछिल्ला केही दिनयता सैनिक सरकारले नागरिक प्रदर्शनमा नरसंहार गरिरहेको घटना र प्रवृत्ति अत्यन्तै अमानवीय र निन्दनीय छ,’ विज्ञप्तिमा भनिएकाे छ ।

जनता माथिको दमन तत्काल रोकेर निर्वाचित सरकार बहाल गर्न पनि कांग्रेसले माग गरेको छ।

‘लोकतन्त्रवादी नेतृ आङ सान सुकीलगायत सबैलाई रिहाइ गर्न र लोकतन्त्र पुन:स्थापित गर्न म्यानमारको सैनिक सत्तामाथि विश्वव्यापी रूपमा तीव्र दबाब बढाउन आवश्यक देखिएको छ,’ विज्ञप्तिमा भनिएकाे छ, ‘‘विश्वभर जहाँ पनि हुने लोकतान्त्रिक आन्दोलनप्रति समर्थन र ऐक्यवद्धता जनाउने नीति नेपाली कांग्रेसले लिंदै आएको छ। म्यानमारको पछिल्लो कूलगत्तै विरोध प्रकट गरेर त्यहाँ भइरहेका घटना क्रमलाई हामी निरन्तर नियालिरहेका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘सैनिक सत्ताले मच्चाएको रक्तपात रोक्न म्यानमारका जनताको पक्षमा विश्वभरबाट आवाज उठ्न अत्यावश्यक भएको छ।’

कांग्रेसले जहाँ पनि लोकतान्त्रिक आन्दोलनप्रति समर्थन र ऐक्यवद्धता जनाउने नीति रेहेकाे विज्ञप्तिमा जनाइएकाे छ ।

‘दमनका विरूद्ध लोकतन्त्रका पक्षमा फेरि पनि आफ्नो अभिमत प्रकट गर्दै म्यानमारका जनताका पक्षमा प्रष्ट रूपमा उभिएर आवश्यक अन्तर्राष्ट्रिय पहलकदमी गरिनु पर्ने आवश्यकता र अभियानका पक्षमा ऐक्यवद्ध हुन नेपाली कांग्रेस सबै दल, संघसंस्था र सरकार समेतलाई अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

म्यानमारमा सेनाले कू गरेर सत्ता हत्याएपछि भएका प्रदर्शनमा अहिलेसम्म ४ सयभन्दा बढीको ज्यान गइसकेकाे छ। हिजाे शनिबार एकैदिन प्रदर्शनमा उत्रिएका ११४ जना नागरिकलाई गोली हानी हत्या गरेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…