Logo बैशाख २, २०७८ बिहीबार


‘ओलीले एमाले भत्काउँदै छन्, हामी टोलसम्म पुनर्गठन गर्दैछौं’

काठमाडौं । नेकपा एमालेका नेता युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली नेकपा एमाले र कम्युनिष्ट आन्दोलन तोडफोड गर्न र भत्काउन निरन्तर लागि परेको आरोप लगाउनु भएको छ । आफूहरु पार्टीलाई एकताबद्ध बनाउन लागेपनि ओली कम्युनिष्ट आन्दोलन तोडफोड गर्ने मिसनमा लागेको ज्ञवालीले बताउनु भएको हो ।

जनता टेलिभजनको साप्ताहिक कार्यक्रम ‘द भ्यू विचार मन्थन’ मा अशेष घिमिरेसँगको कुराकानीमा आफ्ना विचारहरु राख्नुहुँदै एमाले उपाध्यक्ष समेत रहनुभएका ज्ञवालीले राजनीतिक रुपमा नेकपा एमाले र माओवादी केन्द्र दुवै नरहेको र नेकपा बनिसकेको भएपनि अदालतको फैसलाले कानुनी रुपमा दुवै दल ब्युँत्याइ दिएपछि अलग/अलग हुनुपरेको बताउनुभयो ।

नेकपा भत्किँदा सबैभन्दा धेरै केपी शर्मा ओली खुशी बनेको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, ‘ओली क्रमशः कम्युनिष्ट आन्दोलन तोडफोड गर्ने मिसनमा हुनुहुन्छ । उहाँ नेकपा भत्किँदा खुसी हुनुभयो । अब एमाले भत्काउन लागि पर्नु भएको छ । फागुन २८ र चैत्र ७ गतेका उहाँका निर्णयहरु एमाले तोडफोड गर्ने आशयबाट आएका छन् ।’

एमालेभित्र वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समुहका नेताका रुपमा चिनिनु हुने ज्ञवालीले आफूहरु वडा तहसम्म मात्रै नभई टोल/टोलसम्म एमाले पुनर्गठन गर्ने अभियानमा जुटेको उल्लेख गर्नुभयो ।

नेकपा एमाले बनाउनमा आफूहरुको दशकौं पसिना बगेको र केपी ओलीभन्दा बढी मेहनत गरेका नेताहरु आफुहरुसँग रहेको उहाँको दावी छ । ज्ञवाली भन्नुहुन्छ, ‘ओली कम्युनिष्ट आन्दोलन मास्ने र नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बनाउने ध्याउन्नमा छन् । हामी संविधान मान्ने र समाजवादका लागि तयार रहेका सबै लोकतान्त्रिक शक्तिलाई क्रमशः एकताबद्ध गर्दै अगाडि बढ्दैछौं ।’

ओली समुहमै रहेका र कम्युनिष्ट आन्दोलनलाई माया गर्ने कतिपय नेताहरु अहिले उनका काम र कदम देखेर दु:खी भइरहेको ज्ञवालीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।