Logo बैशाख ७, २०७८ मंगलबार


नेत्र एटमको ‘प्रिय मौनता’ सार्वजनिक

काठमाडौं । कवि तथा समालोचक नेत्र एटमको कवितासंग्रह ‘प्रिय मौनता’ सार्वजनिक भएको छ । लामो समयबाट नेपाली साहित्य क्षेत्रमा क्रियाशील रहनुभएका एटमको पहिलो कवितासंग्रह आइतबार सार्वजनिक गरिएको हो ।

यस सङ्ग्रहको कवितालाई कविले “उपसना कविता” को उपनाम दिनुभएको छ । प्रेमलाई केन्द्रमा राखेर लेखिएको यस सङ्ग्रहमा प्रणयको प्यासन, प्रमुदित प्रकृति, अभीप्साको उद्बोदन, उपासानाको आलोक खण्ड छन् । जसमा ६० वटा कविता संग्रहित रहेका छन् ।

पहिलो चरणमा कवि नवीन प्यासीले सञ्चालन गर्नुभएकाे कार्यक्रममा कवि एलिशा एकलास, बाबा बस्नेत, अतुल तिम्सिना, नवीन शर्मा र निरज दाहालले एटमका कविता वाचन गर्नुभएको थियो ।

यस्तै दोस्रो शत्र अन्तर्गत प्रा.डा. कृष्णहरि बराल, पत्रकार दीपक सापकोटा र अमृता शर्माले प्रिय मौनतामाथि आफ्नो विचार राख्नुभएको थियो । शिखा बुक्सले बजारमा ल्याएको यस संग्रहको मूल्य ३ सय ५० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।