Logo बैशाख २९, २०७८ बुधबार


सिके राउतलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन आदेश

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन सूचना जारी भएको छ । स्वतन्त्र मधेस गठबन्धन छोडर शान्तिपूर्ण राजनीतिमा लागेको दाबी गरिएका राउतलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन सूचना जारी भएको हो ।

डा.राउतलाई पक्राउ पूर्जी जारी गरिएकोमा घरद्वारा पत्ता नलागेको भन्दै जिल्ला अदालत नवलपरासीले बकाटोको म्‍यादबाहेक ३५ दिनभित्र सबुत प्रमाणसहित जिल्ला अदालतमा हाजिर हुन सूचना जारी गरेको हो ।

राज्यविरुद्धको संगठित अपराधको मुद्दा लागेका राउतलाई तोकिएको अवधिमा हाजिर नभए कानुनबमोजिम हुने समेत सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…