Logo बैशाख २९, २०७८ बुधबार


सवारी दुर्घटना न्यूनिकरणका लागि निशुल्क स्वास्थ्य परीक्षण

सिन्धुपाल्चाेक । बढदो सवारी दुर्घटना न्यूनिकरणका लागि सिन्धुपाल्चोकका सवारी चालकहरुको निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । आज (साेमवार) जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर १२ बाहुनेपाटीमा शिविरको आयोजना गरी निजी तथा सार्वजानिक सवारी साधनका चालकको आँखा तथा स्वास्थ्य परीक्षण गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोक र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको आयोजनामा शिविर आयोजना गरी आँखा तथा स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख राजन अधिकारीले जानकारी दिनुभयो ।  कार्यक्रममा मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपालले प्रहरीले गरेको कामको प्रशंसा गर्दै आगामि दिनमा यस्तै अनुकरणिय कामका लागि नगरपालिका सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।

जिल्लामा बढ्दो सवारी दुर्घटना न्यूनिकरणका लागि यहाँका विभिन्न सवारी चालक र सहचालकहरु सँगै सम्बन्धित निकाय जागरुक बन्नुपर्नेमा स्थानीयले जोड दिइरहेका छन् । प्रहरीद्वारा गरिएको सो कार्यक्रम आफूलाई निकै मन परेको बताउनुहुन्छ मेलम्चीका जनकलाल श्रेष्ठ । प्रहरी हाम्रो साथी भन्ने भावना जगाउनका लागि पनि यस कार्यक्रम गरिएको प्रहरी प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

शिविरसँगै प्रहरीले गाडीको टायरमा हावा भए नभएको, नट बोल्टहरु राम्रोसँग कसिए नकसिएको सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको भएपनि चालकलाई सम्झाइबुझाई गर्ने कार्यक्रम गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फल बहादुर तामाङले जानकारी दिनुभयो ।

प्राय:जसो सवारी चालकहरु आफ्नो स्वास्थ्य परीक्षण गराउदैनन् कि धेरै बिरामी नै हुन पर्याे कि यस्तै बाध्यतात्मक नियम नै यसरी प्रहरीले शिविर आयोजना गरी गराएको स्वास्थ्य परीक्षणले आफ्नो शरीरमा के भइरहेको छ भन्ने जानकारी हुने र दुर्घटना न्यूनिकरण गर्न सहयोग पुग्ने बताउनुहुन्छ चालक रमेश डोटेल । लामो तथा छोटो दुरीका सवारी चालकहरुलाई समय अभावका कारण नियमित स्वास्थ्य परीक्षणमा समस्या देखिएकाले ट्राफिक प्रहरी आफैले स्वास्थ्य शिविरको आयोजना गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख राजेश दाहालले जानकारी दिनुभयो ।

यस्ताे प्रकारका शिविरहरु जिल्लाका अन्य स्थानमा पनि आयोजना गरिने ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । आज एकैदिन १०१ जना चालकको स्वास्थ्य परीक्षण गरिएकोमा १३ जना चालकहरुमा ब्लड पेसर तथा आँखाको समस्या रहेको पाइएको थियो । उनीहरुलाई निशुल्क औषधिसमेम वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…