Logo असार ४, २०७८ शुक्रबार


ओलीले पठाएकाे निलम्बन पत्रमा १ महिना पुरानो मिति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका दुई नेता माधवकुमार नेपाल र भीम रावललाई निलम्बन गरेको पत्रमा १ महिना अघिको मिति राखेको पाइएको छ।

ओलीले नेताहरुलाई निलम्बन पत्र सोमबार चैत्र १६ गते पठाए पनि फागुन १६ गते (२०७७/११/ १६) को मिति राखेको पाइएको हो। ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी हित विपरीत काम गरेको भन्दै ६ महिनाका लागि साधारण सदस्यसमेत नरहने गरी निलम्बन गर्नुभएको छ ।

ओलीले नेपाल पक्षले राष्ट्रिय भेला आयोजना गरेपछि पार्टी हित विपरीत काम गरेको भन्दै नेपाल र रावलसहित नेताहरु सुरेन्द्र पाण्डे र घनश्याम भुसालसँग प्रष्टिकरण सोध्नुभएको थियो ।

नेताहरुले बुझाएको प्रष्टिकरण चित्त बुझ्दो नभएको भन्दै ओलीले २ नेतालाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको पत्र नेपाल र रावललाई पठाउनुभएको हो । स्पष्टिकरण सोधिएका नेताहरु सुरेन्द्र पाण्डे र घनश्याम भुसालले भने ओलीलाई जवाफ पठाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…