खनालको ‘राष्ट्रियता र अर्थराजनीतिमा दलाल पूँजिवाद’ पुस्तक सार्वजनिक

काठमाडौं । लेखक प्रेमलकुमार खनालको ‘रााष्ट्रियता र अर्थराजनीतिमा दलालपूँजीवाद’ नामक पुस्तक सार्वजनिक भएको छ ।
समसामयिक अर्थराजनीति र श्रमिकका सवालमा कलम चलाउदै आउनुभएका खनालले आफ्नो तेस्रो कृतिको रुपमा ‘रााष्ट्रियता र अर्थराजनीतिमा दलालपूँजीवाद (नेसनलिज्म एण्ड कम्प्राडर क्यापिटलिज्म इन पोलीटीकल इकोनमी) नामक पुस्तक प्रकाशन गर्नुभएको हो ।
पुस्तक पाँच अध्यायमा लेखिएको छ। पुस्तकमा मुलुकको राष्ट्रियतामा विविध पक्षमा देखापरेका चुनौती लगायतका विषयमा उल्लेख गरिएको छ ।