Logo बैशाख ३१, २०७८ शुक्रबार


‘साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढ्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो साउन १ गतेदेखि लागू हुने गरेर सामाजिक सुरक्षा भत्ता बढ्ने बताउनु भएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले सामाजिक सुरक्षा प्रबन्धका क्षेत्रमा थुप्रै काम गरेको दाबी गर्नुभएको हो ।

‘सरकार बनाउने बित्तिकै पहिलो बजेटमा वृद्ध भत्ता किन बढाइएन, यो किन गरिएन, त्यो किन गरिएन भनेर धुम मच्चाइयो । गत बजेटमै बढायौं । सामाजिक सुरक्षाका प्रबन्धका क्षेत्रमा हामीले थुप्रो काम गर्‍यौं,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘अरु पनि सामाजिक सुरक्षाका कामहरु गर्दै जान्छौं । अब पनि साउन १ गतेबाट लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढ्छ नै ।’

सामाजिक सुरक्षा भत्ता बढाउँछु भन्दा पनि कसैलाई आपत्ति हुन सक्ने ओलीको भनाइ छ । ‘अब कसैलाई आपत्ति लाग्ला । बुढाबुढी पनि हेर्न थाल्यो, अपाङ हेर्न थाल्यो । यो सरकार छिटो हटाउनुपर्‍यो । मान्छेहरुलाई भरैबाट यो छटपटी हुन्छ । निद्रा लाग्दैन,’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…