Logo बैशाख ३१, २०७८ शुक्रबार


परिवारको यातनामा परेकी सहिवुन मृत फेला

सनीउल्ला धाेवी

कपिलवस्तु । पति र परिवारको निरन्तर यातना पाएकी सहिवुन निशा मृतक फेला परेकी छिन् । मायादेवी गाउँपालिकामा १ की बरहीको २४ वर्षीया निशा आफ्नै घरमा भुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

शुक्रबार करिव राति १२ बजेतिर निशा सुत्ने कोठाको पंखामा झुण्डिएको अवस्थामा निशाको मृत शरीर फेला परेको हो । मृतक निशाका देवर इसाद अहमद बिहान १० बजेतिर आफू खेतबाट आउँदा भाउजूले रुँदै धनिया केलाउदै गरेको देखेको बताए । त्यसपछि आफू स्कुलतर्फ गएर फर्केर आउदा चप्पल र जुत्ता लगायतका सामग्री यताउति फालिएको अवस्थामा देखिएको बताए । ‘त्यसपछि के भयो मलाई थाहा भएन तर दिनभरी भाउजू देखिनु भएन ।’  राति प्रहरी आएपछि मात्र भाउजूको मृत्यु भएको थाहा भएको उनले बताए । विगत देखिनै आफ्ना दाजु, बुवा र आमाले भाउजूलाई कुटपिट गर्ने गरेको इसादले जानकारी दिए ।

मृतक निशाका दाई उब्बैद उल्लाले भने विवाहको केही समयपछि श्रीमान ईसरार भनिने हुसेन खाँन, सासु अतिकुन निशा र ससुरा अब्दुल सलाम दाईजो लगायतको बाहानामा कुटपीट गर्दै आएको बताएका छन् । उनीहरुले निघार्त रुपमा कुटपीट गर्ने गर्दथे, एक पटक निर्घात कुटपीट पिट पश्चात नीशाको पेटमा रहेको बच्चाको खुट्टा समेत भाच्चिएर गर्भ तुहिएको थियो । त्यस विषयमा ईलाका प्रहरी कार्यालय पकडीमा मौखिक उजुरी गरेको तर बहिनीले घर बिग्रने डरमा लिखित जाहेरी दिन नमानेको उनले बताए ।

‘बहिनीले घर बिग्रने डरमा यति ठूलो यातना सहेर बसी तर आज उसकै हत्या भयो ।’ उनले रुदै सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘पछिल्लो क्रममा निरन्तर यातना दिदै आएपछि ज्याईसँग बहिनी राख्ने वा नराख्ने भन्ने विषयमा कुरा गर्ने योजना बनाएको थिएँ तर तिनीहरु बहिनीलाई निर्मम यातना दिएर मारे ।’

उक्त दिन पनि घरमा केही विवाद भएको छ भन्ने जानकारी आएपछि दिनको १२ बजेपछि दिनमा पटक पटक ज्वाईलाई फोन गर्दा ज्वाईको फोन रिसिभ नभएको तर राति १२ बजेमात्र बहिनीले ढोका खोलिन भनेर जानकारी गराएकाले घर परिवारले बहिनीको हत्या गरेर कोठामा झुण्डाएको हुनसक्ने  उनले बताए । ज्वाईले त्यसदिनसमेत आफूले निशालाई दुई चार झापड हानेको स्वीकार गरेको बताउँदै उनले भने विगतमा त्यत्रो यातना दिन आत्महत्या नगरेकी बहिनीले कसरी अहिले आत्महत्या गरी भनेर म कसरी विश्वास  गरूँ ?’

स्थानीय छिमेकी मोम्मद रफिसले निशाको मृत्यु हुने दिन बिहान ९ बजेदेखि घरमा झगडा गरेर निशाका श्रीमानले निर्घात कुटपीट गरेको तथा निशा रुदै गरेको देखिएको बताए । उनले भने, ‘घरमा निशालाई दैनिक यस प्रकारको यातना भईरहने गरेको थियो । सो दिन ज्यानै गयो । उनले भने उनको मृत्यु हुनुमा घर परिवारको हात छ । त्यस्तो परिवारलाई कडाभन्दा कडा कानुनी कारवाही हुनु पर्छ ।’

इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक कृष्ण खत्रीले घटनाको अनुसंधान भईरहेको तथा हाल निशाका श्रीमान र ससुरालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसंधान गरिरहेको बताउनुभयाे । सासु भने फरार रहेको उहाँकाे भनाइ छ । हत्या र आत्महत्याको सम्बन्धमा पोष्टमार्टम रिर्पोट आएपछि पुष्टि हुने उहाँले बताउनुभयाे ।

हत्या वा आत्महत्या प्रहरीले अनुसंधान गरिरहेको तर घटनाको प्रकृति, स्थलगत अनुगमन र स्थानीयको भनाइ अनुसार महिलाको ज्यान जानुमा घर परिवार दोषी रहेकाले कानुन अनुसार कारवाही हुनु पर्ने अधिकारकर्मीको माग छ । अधिकारकर्मी रविन्द्रनाथ ठाकुरले आत्महत्याका घटनाको कारणहरु खोजेर आत्महत्या गर्न बाध्य बनाउनेहरुलाई आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान गरी कानुनी कारवाही गर्नु पर्ने बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…