Logo बैशाख ६, २०७८ सोमबार


बालाजु बाईपासमा सूचना केन्द्र निर्माण हुँदै, मन्त्री र मेयरबाट शिलान्यास

काठमाडौँ । महानगरपालिकाको स्वामित्वमा रहेको बालाजुको कित्ता नम्बर ९९ र १२५ मा सूचना केन्द्र निर्माण हुने भएको छ । करिब एक करोड लागतमा बालाजु बाईपासमा सुविधा सम्पन्न सार्वजनिक शौचालयसहितको सूचना केन्द्र निर्माणको आज (बुधवार) सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले संयुक्त रुपमा शिलान्यास गर्नुभएकाे हाे ।

बाईपासमा निर्माण हुने सूचना केन्द्रले उत्तरी क्षेत्रबाट हुने आवागमनको लगत राख्ने मन्त्री मानन्धरले जानकारी दिनुभयो । सूचना केन्द्रबाट बालाजुबाट बाहिरिदा पुगिने ठाउँ र भित्र आउँदा आवश्यक पर्ने सेवा प्राप्त हुने ठाउँका बारेमा जानकारी दिइने मन्त्री मानन्धरले बताउनुभयाे । ‘काठमाडौंबाट बालाजु नाका हुँदै बाहिरिने र भित्रिने सवारीको अभिलेखीकरण राख्ने, यातायातबारे सूचना राख्ने र सर्वसाधारणलाई काठमाडौंबारे जानकारी दिने उदेश्यले सूचना केन्द्रको निर्माण गर्ने तयारी गरेका हौं,’ मन्त्री मानन्धरले भन्नुभयो, ‘बाइपासलाई विवादित बनाउने प्रयास भएपनि अहिले जनताको जीत भएको छ । सार्वजनिक जग्गा संरक्षण गर्नु सरकारको दायित्व हो । सार्वजनिक सम्पतिको संरक्षणमा सरकार सचेत छ ।’

मन्त्री मानन्धरले ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न उपत्यकाका विभिन्न स्थानमा सरकारले अत्याधुनिक सुविधासहितका यस्ता केन्द्र स्थापना गर्ने लक्ष्य लिएको पनि जानकारी दिनुभयो । ‘राजधानीको फोहर व्यवस्थापनमा महानगरसँग नेपाल सरकारले सहकार्य गर्छ,’ उहाँले भन्नुभयो, ‘उपत्यकामा खानेपानी र फोहरको समस्या अब चाँडै दीर्घकालिन रुपमा समाधान हुनेछ ।’

कार्यक्रमलाई सम्वोध गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले सूचना केन्द्रको निर्माणले राजधानीबाट ल्याण्डफिल्ड साइट जाने फोहरका गाडीको लागत राख्न सहयोग पुग्ने अपेक्षा रहेको बताउनुभयो । ‘सूचना केन्द्रमा उपत्यका र काठमाडौं महानगरसम्बन्धी आवश्यक सबै सूचना उपलब्ध गराइने छ,’ उहाँले भन्नुभयो, ‘सूचना केन्द्रबाट पर्यटक र सर्वसाधारणलाई काठमाडौं र उत्तरी क्षेत्रहुँदै पुगिने नुवाकोट रसुवा गोरखा जाने बाटो लगायतबारेमा पनि सूचना दिइनेछ ।’

कार्यक्रममा वडा–१६ का अध्यक्ष मुकुन्द रिजालले महानगरका थुप्रै ठाउँमा यप प्रकारका सूचना केन्द्र र सार्वजनिक शौचालय स्थापना गर्न आवश्यक रहेको बताउनुभयो । सूचना केन्द्रको निर्माण कार्य उपभोक्ता समितिमार्फत भइरहेको छ । महानगरपालिकाको ९५ लाख ६० हजार र उपभोक्ताले १० लाख ६० हजार व्यहोर्ने उपभोक्ता समितिमा अध्यक्ष हरिओम मानन्धर र सचिव समिर भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।