Logo जेठ ३, २०७८ सोमबार


प्रतिनिधि सभाकाे बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडाैं । संघीय संसद प्रतिनिधि सभाको बैठक शुरू भएको छ । आजको बैठकमा संघीय संसद सचिवालयले निकालेको सम्भावित कार्यसूचीमा दुई पूर्व सांसदको निधनमाथि शोक प्रस्ताव पारित गर्ने उल्लेख छ ।

गत चैत १३ गते निधन भएका पूर्व सांसद नेपाली कांग्रेस नेता नविन्द्रराज जोशी र चैत १६ गते निधन भएकी पूर्व सांसद एवं काँग्रेस नेतृ लक्ष्मीदेवी भण्डारीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । साथै विकास तथा प्रविधि समितिकी सभापति कल्याणीकुमारी खड्काले आफ्नो समितिको वार्षिक प्रतिवेदन बुझाउने कार्यसूची तय गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…