Logo बैशाख २९, २०७८ बुधबार


अखिल क्रान्तिकारीद्वारा काठमाडाैंस्थित म्यानमारको राजदूतावास घेराउ

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले नेपालस्थित म्यानमारको राजदूतावास घेराउ गरेका छन्।

म्यानमारमा ‘सैन्य कू’पछि भएका दमनविरुद्ध ज्ञापनपत्रसहित दूतावास अगाडि प्रदर्शन गरेको हो। अध्यक्ष रंजीत तामाङले जारी गरेको ज्ञापन पत्रमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका ५ सयभन्दा धेरैको हत्या भएकोमा आपत्ति प्रकट गरिएको छ।

माघ १९ गतेको ‘सैन्य कू’ पछि म्यानमारमा दैनिक जुन्ता सरकारविरुद्ध विरोध प्रदर्शन भइरहेको छ। सेना र प्रहरीसँगको मुठभेडमा सयौं प्रदर्शनकारीको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा बालबालिका समेत रहेका छन्।

प्रदर्शन बढ्दै जाँदा सैन्य सरकारले नागरिकमाथि दमन बढाउँदै गरेको स्थानीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…