Logo बैशाख ३१, २०७८ शुक्रबार


विद्यालयका कर्मचारीलाई प्राधिकरणले तालीम दिने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको सरकारी विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आइटी ल्याब) बनाउने कार्यक्रमअन्तर्गत हालसम्म नौ सय २० विद्यालयमा प्रयोगशाला स्थापना भइसकेको छ । प्राधिकरणको फागुन मसान्तसम्मको तथ्याङ्कअनुसार कूल नौ सय ३० मध्ये १० विद्यालयमा प्रयोगशाला स्थापना अन्तिम चरणमा पुगेको छ ।

तोकिएअनुसार प्रयोगशाला स्थापना भइसकेका विद्यालयलाई प्राधिकरणले तालीममा सहभागिता जनाउन आग्रह गरेको छ । प्राधिकरणले बुधबार एक सूचना जारी गरी तीनदिने तालीममा सहभागिता जनाउन आग्रह गरेको हो ।

प्राधिकरणको सूचनाअनुसार एक विद्यालयका दुईजना कर्मचारी वा कम्प्युटर शिक्षक तालीममा सहभागी हुन सक्नेछन् । प्रयोगशाला स्थापना तयारीको समयमा नै प्राधिकरण र विद्यालयबीच प्रयोगशालामा कार्यरत कर्मचारी वा शिक्षकलाई तीनदिने तालीम प्रदान गर्ने विषयमा सम्झौता भएको थियो ।

उक्त सम्झौताअनुसार प्राधिकरणले तीनदिने तालीम दिन लागेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार तालीममा सहभागिता जनाउन सूचना प्रकाशन गरिएको र सहभागीको सङ्ख्याअनुसार तालीमको समय र स्थान छनोट गरिनेछ ।

प्राधिकरणले ९३० सामुदायिक विद्यालयमा प्रयोगशाला स्थापना गर्न अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरी छनौटमा परेको नेपाली निर्माण व्यवसायी कम्पनी ओबिसिआई, म्याक्स, नेपा ज्वाइन्ट भेन्चरलाई (ओम्नी) लाई ६ महिनाको समय दिएको थियो । २०७६ साल भदौ २५ गते ६ महिनाभित्र प्रयोगशाला स्थापना गर्न भन्दै रु तीन अर्ब ४७ करोड बराबरको ठेक्कामा दिइएको थियो ।

प्राधिकरणले तोकेअनुसार प्रत्येक विद्यालयको आइटी ल्याबमा करीब २४ वटा कम्प्युटर र दुई थान हार्ड डिस्क (एक्सर्टनल), प्रोजेक्टर, प्रिन्टर, सर्भिलेन्स सिस्टम, स्विच, राउटर र बत्ती नभएका स्थानमा सोलार सिस्टमसमेत जडान गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…