Logo जेठ १, २०७८ शनिबार


वन डढेलाे राेकाैं

–देवी काफ्ले

शिशिरमा उजाडिएका रुखले छाडेका पात पतिङ्गरहरु सुकेर झुरुम्म परेका हुन्छन्। खरबारीको खर सुकेर झुरुम्म भएको हुन्छ। यो मौसममा कम पानी पर्ने भएकाले वन जंगलमा अति द्रुत गतिमा आगलागी हुन्छ। आगोको सानो झिल्कोले पनि अनियन्त्रित तरिकाले वन आगोको चपेटामा पर्छ।

हरेक वर्ष नेपालमा डढेलोले हजारौं हेक्टरको अनुपातमा वन विनाश भइरहेको छ। अचेल केही सचेत नागरिक तथा वन उपभोक्ता समितिहरुको पहल र सुरक्षाकर्मी विशेषतः सेनाको सक्रियतामा पनि आगलागी नियन्त्रण गर्ने प्रयास चाहिँ भएका छन्।

नेपालमा वन विनाश तिब्र गतिमा भइरहेको सर्वविदितै छ। काठ तस्करी र डढेलोका कारणले नै बढी मात्रामा वन विनाश भएको छ। सामाजिक संस्था, वन मन्त्रालय तथा अगुवाहरुले वन बढाउने हेतुले वृक्षारोपण गरेको त पाइन्छ तर हुर्काउन, बढाउन र संरक्षण गर्नेतर्फ ध्यान दिएको पाइँदैन।

वन विनासबाट हुने हानी नोक्सानीबारे जानकार हुँदाहुँदै पनि हामीले लापरवाही गरिरहेका छौं। वन अतिक्रमण गर्ने नियतले होस् या काठ तस्करीका लागि होस् वनमा आगलागी गराइएको हुन्छ।

सामान्य मानवीय लापरबाहीका कारणले पनि वनमा आगलागी हुने गरेको छ। हामी मानव जहिले पनि स्वार्थी बन्ने गरेका छौं। सृष्टिले रचना गरिदिएको प्राणी जगतलाई नै ध्वस्त पार्न हामी उद्यत भएका छौं। केही नजानेर त केही जानेर पनि हामीले हाम्रा निजी स्वार्थका कारण कैयौं प्राणीको जीवन नष्ट गरिरहेका छौं। वन डढेलोका कारण वनमै बासस्थान बनाएर बसेका जीवजन्तु, चराचुरुङ्गीहरु मर्ने र बाँचेका पनि सुरक्षित बासस्थानको खोजीमा पलायन हुने गर्दछन्। यसले गर्दा वातावरणमा अनेक असर पर्ने गरेको छ। डढेलोले माटो रुखो बनाईदिन्छ, कलिला विरुवाहरु हुर्कनै नपाई मर्छन् भने बुढा रुखहरु पनि मर्छन् ढल्छन्। माटोले पानी सोसेर राख्न सक्दैन पानीका मुहान सुक्छन्।भूक्षय हुन्छ र वायुमण्डल नै प्रदुषित हुन्छ त्यसैले वनमा डढेलो लाग्नबाट बचाओं।

वनमा डढेलो लाग्नबाट कसरी रोक्ने ?

सुख्खा याममा जथाभावी चुरोट, बिँडी खाएर ठुटा ननिभाई नफालौं। झ्याङ्कटहरुलाई जलाउँदा जथाभावी नजलाओं। बाक्लो खर घाँस पलाउँछ भनेर जानाजानी खरबारी, वनमा आगो नझोसौं। यसका अलावा वन अतिक्रमण र काठ तस्करीका कारण पनि वन जङ्गल डढेलोको चपेटामा परेको छ।

वनमा फायरलाईन बनाओं जसका कारण आगो जथाभावी फैलन पाउँदैन। पानीका पोखरीहरु निर्माण गरौं ताकि आवश्यक परेको बेला प्रयोग गर्न सकियोस्। सुकेका पात पतिङ्गर पन्छाओं जसबाट जैविक मल बनाउन सकिन्छ।

वन डढेलोबाट अरु धेरै कुरामा क्षति हुन्छ

यसबाट पर्यावरणीय विनासको विकराल रुप देखिँदै छ।जलवायु परिवतर्नमा पनि यसले ठूलो असर पार्नेछ। आगलागीका कारण प्राकृतिक वा मानवीय, नियतवश या अनजान जे भएपनि यसबाट हुने मानवीय, आर्थिक, जैविक क्षतिलाई बाढी पहिरो, अतिवृष्टि, हावाहुरी, आँधी, तुफान जस्ता विपदबाट हुने नोक्सानीसँग तुलना गर्ने हो भने आगलागीबाट हुने क्षति भयावह देखिन्छ।

नेपालमा वन विनास र क्षयका कारक मध्ये चरिचरन पछिको प्रमुख कारण वन डढेलोलाई नै मानिन्छ। वन डढेलो पछि त्यहाँका जनावर , वनस्पति डढ्छन् र मर्छन्। त्यसकारण त्यहाँको जैविक विविधतामा ह्रास ल्याउँछ। यसले जङ्गलको उत्पादकत्व र कार्बन सञ्चय गर्न सक्ने क्षमतालाई घटाई दिन्छ। वन डढेलोले उल्लेख्य मात्रामा वायु प्रदुषण गराउँछ।

नेपालमा विशेषगरी डढेलो लाग्ने तराईका जंगल, चुरे र मध्य पहाडी क्षेत्र हुन्। बर्सेनी लागेको आगोमा परी लगभग ६० जना मान्छेले ज्यान गुमाउनु परेको तथ्य पनि हामीले फेला पारेकै हो। अष्ट्रेलियामा लागेको आगोले विश्वको ध्यान आकृष्ट गर्‍यो। अथाह पशुपंक्षी, धनजनको क्षति भयो। हामी दिनहुँ समाचार सुन्छौं तर लापरवाही गर्न छाेड्दैनौं।

आउनुहोस् हामी सबै मिली हाम्रो घर पृथ्वीलाई बचाउन डढेलो विरुद्ध अभियान चलाऔं। हामी डलरको खेती हाेइन स्वच्छ वातावरण तयार पार्ने खेती गरौं। जनचेतना जगाओं।वन विनाश रोकौं। वन डढेलोबाट हुने क्षतिलाई निर्मूल गरी वातावरणीय स्वच्छता कायम गरौं।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…