Logo असार ४, २०७८ शुक्रबार


मौसम पूर्णरुपमा सफा हुन अझै केही समय लाग्ने

काठमाडौं। उपत्यकासहित देशको पहाडी भूभागमा बुधबार भएको वर्षाले वायु प्रदूषण केही कम भएको छ । गत शुक्रबारदेखि एक्कासि धुम्मिएको मौसम बुधबार बेलुका हल्का पानी परेसँगै केही सफा भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावले काठमाडौँसहित देशको पहाडी भूभागका केही स्थानमा हिजो बेलुका हल्का वर्षा भएको जनाएको छ ।

तुवाँलो पूर्णरुपमा हटी मौसम सफा हुन् भने अझै केही समय लाग्ने वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार तुवाँलो पूर्णरुपमा हटी मौसम सुधार हुन् हावाको गति बढ्नुपर्छ । बुधबार काठमाडौं उपत्यकामा ७ दशमलव ८ मिलिमिटर वर्षा भएको थियो ।

पश्चिमी वायुको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलिको साथै बाँकी भूभागमा बदली नरहे तापनि तुवाँलो रहेको छ। दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश एक, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थेरै स्थानमा मेघगर्जन, चट्ट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव ६ डिग्री र अधिकतम तापक्रम २६ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यसैगरी आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम तीन दशमलव शून्य डिग्री र सबै भन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३४ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…