Logo बैशाख ५, २०७८ आइतबार


राष्ट्रव्यापी आधुनिक संगीत प्रतियोगितामा उत्कृष्ट रचनातर्फ रमेश दाहाल

काठमाडौं । रेडियो नेपालद्वारा आयोजित राष्ट्रव्यापी आधुनिक संगीत प्रतियोगिता सम्पन भएको छ । रेडियो नेपालको ७१ औं वार्षिक उत्सवको अवसरमा अयोजित संगीत प्रतियोगितामा देशभरीबाट छनोट भएका ३१ वटा गीत प्रस्तुत गरिएको थियो ।

रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबारमा आयोजित प्रतियोगितामा रचनातर्फ रमेश दाहाल उत्कृष्ट हुनुभएको छ । ‘बाटा भरिका तगारा’ बोलको गीतमा गायिका सिर्जना गुरागाँईले प्रस्तुत गर्नुभएको थियो भने संगीत डेनी निरौलाले गर्नुभएको थियो ।

बिहीबार सम्पन्न गायनतर्फ प्रतियोगितामा गायनतर्फ सुभाष मण्डल प्रथम, सुवासचन्द्र जोशी द्वितीय, रत्नकुमार दंगाल र मुना ठटाल तृतीय हुनु भएको छ । यसैगरी संगीततर्फ शंकरलाल थापा (स्माइल) उत्कृष्ट घोषित हुनुभएको छ ।

प्रतियोगिताको निर्णायकमा संगीततर्फ प्रकाश गुरुङ, गायनतर्फ तारा थापा र रचनातर्फ सुभाषचन्द्र ढुङ्गेल हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।