Logo बैशाख २९, २०७८ बुधबार


पश्चिम बंगालमा चुनाव, हिंसात्मक झडपमा २ को मृत्यु

एजेन्सी । भारतको पश्चिम बंगाल राज्यमा भएको चुनावी हिंसात्मक झडपमा परी बिहीबार मध्यान्हसम्म दुई जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा विधान सभाका लागि बिहीबार दोस्रो चरणको मतदान भइरहेको छ ।

ठूल्ठुला भेला हुन प्रतिबन्ध लगाइए पनि बंगाल राज्यको सत्तारुढ त्रिणमुल कंग्रेस र भारतीय जनता पार्टी (भाजपा) का कार्यकर्ताबीच ठाउँठाउँमा झडप भएका छन् । राजनीतिक हिंसा र हत्या जस्ता काण्डबाट गुज्रिरहेको पश्चिम बंगालमा प्रधानमन्त्री नरेन्द्र मोदी एवं उहाँको दल भारतीय जनता पार्टी र पश्चिम बंगालकी मुख्यमन्त्री एवं त्रिणमुलकी अध्यक्ष ममता बनर्जीबीच आरोपप्रत्यारोप जारी छ ।

बंगालको नन्दीग्राम शहरमा खासगरी दुबै पक्षबीच कडा प्रतिस्पर्धा छ र यहाँको वातावरण पनि निकै तनावग्रस्त छ । प्रधानमन्त्री मोदीकी कट्टर आलोचक ममता बनर्जी यही नन्दीग्रामबाट उठ्नु भएको छ । गत वर्ष भाजपाका नेतालाई पराजित गरेका त्रिणमुल कंग्रेसका नेता यसपटक ममता बनर्जीलाई छाडेर भाजपाबाट चुनाव लड्नु भएपछि वातावरण अझ तनावग्रस्त बनेको छ ।

बिहीबार नन्दीग्रामको मतदान केन्द्र बाहिर भेला भएका ठूलो संख्याका बनर्जीको पार्टी त्रिणमुल कंग्रेस र भाजपाका समर्थक कार्यकर्ताबीच झडप भएका छन् । निर्वाचन आयोगले चार जनाभन्दा बढी व्यक्ति एक ठाउँमा भेला हुन प्रतिबन्ध लगाए पनि दुबै दलले त्यसलाई अवज्ञा गरेका छन् ।

पश्चिम बंगालमा आठ चरणमा मतदान हुँदैछ र सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । आगामी अप्रिल २९ मा अन्तिम चरणको चुनाव हुनेछ । बिहीबार भइरहेको दोस्रो चरणको चुनावमा नन्दीग्राम सहित ३० वटा निर्वाचन क्षेत्र रहेका छन् ।

नौ करोडभन्दा बढी जनसंख्या रहेको पश्चिम बंगालमा करिब सात करोड ३० लाख योग्य मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । मतगणना आगामी मे २ मा हुनेछ । भारतमा हाल पश्चिम बङ्गाल सहित असम, केरला, तमिल नाडु र पुडुचरीमा विधान सभाको चुनाव हुँदैछ । असम राज्यमा तीन चरणमा निर्वाचन हुनेछ, जसको दोस्रो चरणको चुनाव आज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…