Logo बैशाख ६, २०७८ सोमबार


विद्वान र इमानदारमाथिकाे कारबाही भद्दा मजाक : भट्टराई

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका इमान्दार नेतामाथि कारबाही गरेको भनेर भद्दा मजाक गरेको बताउनुभएको छ । बिहीबार सामाजिक सञ्जालमार्फत पूर्वमन्त्री समेत रहनुभएका भट्टराईले ओलीले घनश्याम भुसाल र सुरन्द्र पाण्डे लगायतका नेतामाथि भद्दा मजाक गरेको बताउनुभएको हो ।

उहाँले ॠषिमुनी, वुद्धको ज्ञान भूमी र मार्क्सवादको उर्वर भूमी नेपालमा विद्वान, ईमान्दार र नैतिकवननहरुमाथि कारबाही हुन थालेको र मुर्ख, भ्रष्ट र अनैतिकहरु पुरस्कृत हुन थालेको आरोप समेत लगाउनुभयो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज भुसाल र पाण्डेलाई पार्टीबाट ६ महिनाका लागि पार्टीबाट निलम्बन गर्नुभयो।
स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष ओलीले उहाँहरुलाई निलम्बन गर्नुभएको थियो ।

यसअघि ओलीले नेता माधवकुमार नेपाल र भीम रावललाई पनि ६ महिनाका लागि निलम्बन गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

हिजो मात्रै देशभर गरी संक्रमितको संख्या एक हजार नाघेको छ। काठमाडौं उपत्यकामा मात्रै पाँच सयको हाराहारीमा संक्रमण फैलिएको छ ।