Logo बैशाख २, २०७८ बिहीबार


रेडियो नेपालको वार्षिक उत्सवमा प्रधान र शर्मा सम्मानित

काठमाडौं । रेडियो नेपालको ७१ औँ वार्षिक उत्सवको अवसरमा संगीतकार प्रेमध्वज प्रधान र जनगायक जीवन शर्मा सम्मानित हुनुभएको छ । रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबारमा शुक्रबार आयोजित कार्यक्रममा प्रधान र शर्मालाई नगद ५१ हजारसहित सम्मानपत्र वितरण गरिएको हो ।

सञ्चार मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा राष्ट्रव्यापी गायन प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने गायक, संगीतकार र उत्कृष्ट रचनालाई पनि प्रमाणपत्र सहित सम्मान गरिएको छ । यसै अवसरमा रेडियो नेपालमा २५ वर्षसम्म काम गरेका ४५ जना कर्मचारीलाई पनि दिर्घसेवा पुरस्कार प्रदान गरिएको छ ।

सम्मनित कलाकारलाई शुभकामना दिँदै मन्त्री गुरुङले आजैबाट रेडियो नेपालको नयाँ शाखा चरिकोटमा सञ्चालनमा आउने जानकारी समेत दिनुभयो ।
कार्यक्रमकै अवसरमा रेडियो नेपालको मुखपत्र झंकार पत्रिका पनि मन्त्री गुरुङले विमोचन गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।