Logo जेठ ३, २०७८ सोमबार


नेपालकी तारा श्रीस रियालिटी शो द भ्वाइसको ग्लोबल प्लेटफर्मको छनौटमा

काठमाडौं । नेपालकी गायिका तारा श्रीस रियालिटी शो द भ्वाइसको ग्लोबल प्लेटफर्मको छनौटमा परेकी छन् । भ्वाइस अफ नेपाल सिजन ३ मा उनले ब्लाइन्ड अडिसनमा दिएको प्रस्तुति द भ्वाइसको ग्लोबल प्लेटफर्मका लागि छनौटमा परेको हो ।

ब्लाइन्ड अडिसनमा गायिका श्रीसले तिमी नै हौ बोलको स्लो–रक प्याटर्नको गीत गाएकी थिइन् । उनको गायकीको सम्मानमा शोका सबै कोचहरु दीप श्रेष्ठ,प्रमोद खरेल,राजु लामा र तृष्णा गुरुङको चेयर उनीतिर फर्किएका थिए । लामो डिस्कसनपछि गायिका श्रीसले कोच राजु लामाको टिममा जाने निर्णय गरेकी थिइन् ।

बाग्लुङमा जन्मेकी गायिका श्रीस केही वर्ष यता नेपाली गीत संगीतमै व्यस्त रहेकी छिन् । पप,आधुनिक र लोक सबै विधाका गीत गाउन सक्ने उनले केही गीत रेकर्ड समेत गराएकी छन् ।

द भ्वाइसको मार्च महिनाका लागि छानिएको ग्लोबल प्लेटफर्ममा नेपालकी श्रीससँगै श्रीलंका, जर्जिया, फ्रान्स, युक्रेन, नर्वे लगायतका प्रतिस्पर्धीहरुका प्रस्तुति छानिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…