Logo बैशाख ७, २०७८ मंगलबार


ढोका थुनेर ग्यासमा २० लाख भारु किन जलाए यी दम्पतीले ?

एजेन्सी । भारतको राजस्थानका एक दम्पतीले घरभित्रै २० लाख भारु जलाएका छन् । सिरोही जिल्लाका कल्पेश जैन र उनकी पत्नीले एक हप्ताअघि मात्र ढोका थुनेर ग्यास चुलोमा २० लाख भारु जलाएका हुन् ।

एन्टी करप्सन ब्युरोको टोली छापा मार्न घरमा आएपछि उनीहरुले ढोका थुनेर ग्यास चुलोमा २० लाख रुपैयाँ जलाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ब्यूरोको टोलीले ढोका ढकढक्याइरहँदा जैन दम्पतीले ग्यास चुलो बालेर नगद रकम जलाइरहेका थिए । ब्यूरोको टोलीले नै झ्यालबाट उक्त दृश्यको भिडियो खिचिरहेका थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार भ्रष्टाचार निरोधक ब्युरोको एउटा टोलीले पिंडवाडाकै राजस्व निरीक्षक परबत सिंहलाई एक लाख रुपैयाँ घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो । सिंहले उक्त रकम पिंडवाडाकै तहसिलदार कल्पेशकुमार जैनका लागि लिएको बताएपछि ब्युरोको टोली उनको घरमा छापा मार्न पुगेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।