Logo बैशाख २, २०७८ बिहीबार


अटिजमको खतरा दुनियाँमै बढ्दै, जानिराख्नुस यसको लक्षण र उपचार

नेपाल लगायत विश्वमा नै अटिज्म भएका बालबालिकाको संख्या धेरै नै पाइन्छ । विश्वमा प्रति दश हजार बालबालिकामध्ये २० बालबालिकामा अटिजम हुने गरेको छ ।

अटिजम के हो ?

विशेषज्ञहरुका अनुसार अटिजम एक मानसिक रोग हो । यो रोग बच्चाहरुमा देखिने गर्छ । एक पटक अटिजम भएका बच्चाको मानसिक सन्तुलन संकुचित हुन पुग्छ ।
जसको कारण जटिजम भएका बच्चा परिवार र समाजबाट टाढा रहन चाहन्छन् ।

अटिजमका लक्षणहरु

–१२ देखि १३ महिनाका बच्चामा अटिजमको लक्षण देखिन थाल्छ ।
–अटिजम भएका बच्चाहरु अरुसँग आँखा जुधाएर हेर्न सक्दैनन् ।
–अटिजम भएका बच्चाहरु अरु मानिस बोलेको वा कसैले बोलाएको नसुने झै गर्छन अर्थात वेवास्ता गर्छन् ।
–अटिजम भएका बच्चालाई बोलाउँदा पनि उनीहरु बोल्दैनन् । उनीहरुले कुनै कुराको जवाफ दिनुपरे वा बोल्नुपरे अन्य बच्चा भन्दा फरक तरिकाले दिन्छन् ।
–कसैको पनि कुरामा सहमति जनाउन चाहँदैनन् ।

सावधानिका उपायहरु

–यस किसिमको लक्षण देखिएमा उनीहरुको व्यवहारलाई परिवर्तन गराउने कोशिस गर्नुस
–बच्चाको खानपान, रहनसहन र जीवनशैलीमा अत्याधिक ध्यान दिनुस
–बच्चाहरुलाई कसेसम्म सामाजिक बनाउने कोशिस गर्नुस ।
–बच्चालाई लगातार काउन्सिल गराएर पनि उसको व्यवहारमा परिवर्तन ल्याउन सकिन्छ ।
अजिटम हुनुको कारण
वास्तमका अजिटम किन हुन्छ भन्ने कुरा अहिलेसम्म स्पष्ट भएको छैन । यो दिमागको केही हिस्सामा भएको समस्या हो । छोरीमा भन्दा छोराहरुमा अटिजमको खतरा बढी हुने गर्छ । अजिटम जेनेटिक पनि हुने गरेको पाइन्छ । उमेर बढी भइसकेका आमाबुबाका कारण पनि बच्चामा अटिजम हुन सक्छ ।

उपचार

यसको कुनै सटीक उपचार छैन । बच्चाको स्थीतिले उसलाई कस्तो उपचार गर्ने भन्ने कुरा निर्भर हुन्छ । यसको उपचारमा व्यवहार थेरापी, स्पीच थेरापी, आक्युपेशनल थेरापी आदि गर्न सकिन्छ । यस्तो थेरापी बच्चालाई उनीहरुले बुझ्न सक्ने गरी दिनुपर्छ । यस्तो थेरापीबाट बच्चाको अवस्थामा धेरै नै सुधार ल्याउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।