Logo जेठ १, २०७८ शनिबार


नेपाली जनताको अधिकार र पहिचानका विरुद्ध खतरा सेटिङ भैरहेको छ : दाहाल

काठमाडौं । नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल र नेपाली जनताको अधिकार र पहिचानका विरुद्ध सेटिङ भएको बताएका छन् ।

शुक्रबार वामपन्थी नेता स्व.माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली सभामा अध्यक्ष दाहालले सेटिङकै कारण नेपाली समाज फासिँवादी निरंकुशतातिर जाने खतरा रहेको बताउनुभयो ।

देश भित्र र बाहिरका शक्तिहरु प्राप्त राजनीतिक परिवर्तनहरुलाई उल्ट्याउँदै नेपाली समाजलाई फासिँवादी निरंकुशतातर्फ लैजाने सेटिङमा लागेको उहाँको भनाइ थियो । त्यस्तो सेटिङमा संवैधानिक निकायहरु समेतको संलग्नता रहेको अध्यक्ष दाहालको दाबी थियो ।

संविधान, ऐन र मूल्यमान्यताले काम नगर्ने तर सेटिङले काम गर्ने अवस्था आउनु खतरा भएको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो ‘नियमले काम नगर्ने, संविधानले काम नगर्ने, मूल्यले काम नगर्ने, मान्यताले काम नगर्ने, ऐनले काम नगर्ने, सेटिङले काम गर्ने । त्यो सेटिङ सबै नेपाल राष्ट्र र नेपाली जनताको अधिकारका विरुद्ध, पहिचानका विरुद्ध परिलक्षित हुने यो बिडम्बनाको हामीले सामना गर्नुपर्ने बडो बिचित्रको स्थितिमा हामी अहिले छौं ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…