Logo बैशाख ७, २०७८ मंगलबार


गीत : मुक्तिनाथ दर्शन

जूनमा बिस्कुन सुक्दैन हजुर घामै चाहिन्छ
बोलेर मात्रै नि हुँदैन हजुर कामै चाहिन्छ ।

मनमुटु भरी तस्बिर मात्र राखेर के गर्नु ?
मलाई तिम्रो आश्वासन होइन नामै चाहिन्छ ।

पानीको फोका फुटे झैं माया कहिले नछुट्ने
दुईदिने नाता होइन मलाई लामै चाहिन्छ ।

शिशिरमा जस्तो झरेको फूल पाएर के हुन्छ ?
बहार छाउने मायाको सुन्दर यामै चाहिन्छ ।

भाकलै राखी मन्दिरमा मात्र धाएर पाईदैन
आत्मालाई ईश्वर ठानी मनको धामै चाहिन्छ ।

नाटक गर्ने छलछाम गर्ने चाहिन्न माया भो
निष्कपट हुने सद्बुद्धि दिने ती रामै चाहिन्छ ।

नराखी दिलमा पराईलाई मनपेट दिएर
म मात्रै अट्ने त्यो मुटुभित्र ठामै चाहिन्छ ।

गृष्म झैं तातो सहनसक्ने क्षमता कहाँ छ र
दिनको रापले नपोल्ने शितल सामै चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।