Logo बैशाख ७, २०७८ मंगलबार


बाल कथा : पश्चाताप

एक पटक राजपुर गाउँका राजा शिकार खेल्न जंगल गएका थिए । जंगलमा राजाले जंगलबाट गाउँ फर्किने बाटो बिर्सिए । गाउँ फर्किने बाटो खोज्दा खोज्दा राजा थाके तर उनले बाटो भेटेनन् । घण्टौंसम्म जंगलमा भौतारिएका राजा तिर्खाले व्याकुल भइसकेका थिए । त्यसै समयमा उनले एउटा रुखको पातबाट तप तप पानी झरिरहेको देखे ।

उनले त्यो पानी पिउने एउटा उपाय निकाले र पातको दुना बनाएर रुखको पातबाट झरेको थोपा थोपा पानी दुनामा जम्मा गरे । राजाले दुनामा जम्मा भएको पानी पिउन लागेका थिए । त्यसैबेला एउटा सुगा आएर दुनामा ठुँगेर भुइँमा झारिदियो । त्यसपछि राजा फेरि त्यो खाली दुना भर्न थाले । धेरै समयपछि बल्ल दुना भरियो । पानी प्यास लागेर व्याकुल भएका राजा दुना भरिएपछि पानी पिउन के लागेका थिए फेरि त्यहि सुगा आएर पहिले जसरी नै दुना भुइँमा झारिदियो ।

सुगाको यो व्यवहार देखेर राजा रिसाए । उनले कोर्रा उठाएर सुगामाथि प्रहार गर्न थाले । कोर्राले लाग्नासाथ सुगा मर्यो । त्यसपछि राजाले सोचे ‘अब सुगा मर्यो म आरामले पानी जम्मा गरेर पिउन सक्छु ।’ राजा फेरि दुना थापेर पहिले जसरी नै पानी जम्मा गर्न लागेका थिए । त्यसैबेला भुइँमा झरेको पानीले चिप्लो भएको ठाउँमा उनी चिप्लिएर लडे । भुइँमा लगेपछि उनले रुखको डालीमा ठूलो सर्प देखे । अघिदेखि रुखको डालीमा सर्प बसेको रहेछ । राजाले पानी भनेर अघिदेखि दुनामा जे थापिरहेका थिए त्यो पानी नभएर सर्पको विषालु र्याल थियो ।

सुगाले पटक पटक दुनामा थापेको पानी खान नदिनुको कारण बल्ल राजाले थाहा पाए । सर्पको विषालु र्याल खानबाट बचाएर आफ्ना ज्यान जोगाउने सुगालाई मारेकोमा राजालाई पश्चाताप भयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन सरेको छ । बैैशाख २५ देखि २८ गतेसम्म तय भएको महाधिवेशन जेठमा…

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।