Logo बैशाख ७, २०७८ मंगलबार


कथा : जागिरे आमा

–दुर्गा पौड्याल

कता–कता बच्चा रोएको च्याँ च्याँको आवाज टेबुलमा घोप्टिएर काम गर्दै गरेकी पूर्णिमाका कानमा ठोक्कियो । त्यो आवाजले ऊ झस्की र घरमा छाडेर आएको आफ्नो पाँच महिनाको शिशुलाई सम्झी ।

उसको मुटु चसक्क चस्क्यो, उसलाई छटपटाहट भयो । दुबै स्तन भरिएर आए । अनि बालामृत बग्न थाले वक्षस्थलबाट । ऊ आफ्नो बच्चा भोकाएको महसुस गर्दै हतारिँदै कार्यालय प्रमुखको कोठाभित्र पसी र भनी– म्याडम मेरो बच्चा भोकाएर रोइरहेको छ मलाई केही छिनको छुट्टी दिनुस् न । म उसको भोक शान्त पारेर आउँछु । डेरा यही नजिकै छ ।

पूर्णिमाको कुरा सुनेर कार्यालय प्रमुख दीपशिखालाई रन्का छुट्यो । उनले रातोपिरो मुख बनाउँदै ठूलो स्वरमा भनिन्– छुट्टी सुट्टीको कुरा नगर्नुस् मसँग । यो तपाईको घरको काम होइन, जतिबेला मन लाग्यो आयो, जतिबेला मन लाग्यो गयो । यो सरकारी अफिस हो । अफिस आउँदा घरको सबै बन्दोबस्त मिलाएर आउनुपर्छ बुझ्नु भयो ? ल जानुस्

आफ्नो टेबुलमा र काम गर्नुस् ।’ दीपशिखाको कुराले पूर्णिमा निकै मर्माहत भई । उसलाई सानो बच्चा घरमा छाडेर जागीरमा आएकोमा निकै दुःख लाग्यो । जागीर छोडोस् पनि कसरी बल्ल तल्ल गरेर पाएको जागीर । छोडेर पनि एउटाको कमाइले घर कसरी चलाउने ? नछोडोस् पनि बच्चाको स्याहार नहुने जागीर उसलाई तातो पिंडालु निल्नु न ओकल्नु भयो । बच्चा लिएर त झन्

अफिस आउँनै हुँदैनथ्यो । ऊ अकमक्क परेर प्रमुखको मुखमा हेरीरही ।

ऊ निकै रिसाएकी थिई । प्रमुखको रुखो बोली सुनेर र्पूिर्णमाका आँखा रसाएर आए । छाती चर्केर आयो । रोइरहेको बच्चालाई सम्झी । आफ्नो शिशुप्रतिको ममता उर्लेर आयो । फेरि एकपटक बिन्ती गर्ने निधी गरी र भनी– म्याडम अहिलेलाई खासै काम छैन । आधा घण्टामा नै आइपुग्छु घर यही नजिकै छ ।

कार्यालय प्रमुखले पुलुक्क पूर्णिमाका आँखामा रीसले हेरिन् तर यसपटक उनले केही भन्नु अगाडि कार्यालय सहायक दीपकले भने, कस्तो म्याडम तपाई पनि ? महिला भएर महिलाकै मर्म नबुझ्ने ?

दिनुस् न जान । एक–आधा घण्टाको कुरा त हो नि । दिनै बिताउनु त पर्दैन । फेरि अहिले त्यस्तो काम पनि केही छैन । भएपनि आएर गरिहाल्नुहुन्छ । आफ्नो समस्या पनि राखिहाल्नु भएको छ पूर्णिमाजीले । यस बीचमा केही परेछ भने हामी पनि गरौंला । यो अधिकार नभएर मानव संवेदनाको कुरा हो । कार्यालय सहायक दीपकको कुरा सुनेर प्रमुख झन् आगो भइन् । उनमा झन् घमण्ड चढ्यो र भनिन्– तपाई चुप लाग्नुस् । मलाई सम्झाउनु पर्दैन । अफिसको काइदा, कानून र अधिकार सब मलाई थाहा छ । कसलाई के गर्नुपर्छ भन्ने पनि मलाई थाहा छ । जानुस् तपाईहरु आ–आफ्नो, ठाउँमा भन्दै उनी थचक्क कुर्सीमा बसिन् । पूर्णिमा र दीपक प्रमुखको कोठाबाट बाहिर निस्की आफ्नो काम गर्ने फाँटतर्फ लागे ।

कोठामा जाँदैतस दीपकले भने– ‘देख्नु भो पूर्णिमाजी, तपाई वडा महिलावादी भएर कुरा गर्नुहुन्थ्यो नि । पुरुष सबै संवेदनहीन हुन्छन् भन्नुहुन्थ्यो । यही हो महिलामा हुने संवेदनशीलता ? एउटी महिलाले अर्की महिलामाथि गर्ने व्यवहार यस्तै हुन्छ ? यिनीभन्दा त पुरुषहरु कार्यालय प्रमुख भएका ठाउँमा महिलाले सहुलियत पाएका हुन्छन् ।

जानुस् म गरिदिन्छु तपाईको काम केही छिनलाई । छिटो गएर आफ्नो बच्चाप्रति आमाको कर्तव्य निभाएर आउनुस् ।’

दिपकको कुरा सुनेर पूर्णिमाले भनी, ‘तपाइँले भनेको कुरा एकदम सही हो दिपकजी । म यहाँबाट जाँदा तपाइँलाई अप्ठयारो पर्ने हो कि ?
तपाइँसँग मेम रिसाउने हुन् कि ? कसरी जाउँ म तपाइँलाई अप्ठयारोमा पारेर ।’ म महिला नभए पनि महिलाको मर्म, दुःख, दर्द बुझ्न सक्छु । मैले मेरा आफन्त आमा, दिदी, बैनी, श्रीमती, भाउजु, फुपू, माइजू सबैको समस्या देखेको छु र महसुस गरेको छु । पुरुषले महिलाका समस्या बुझ्न सक्दैनन् भन्नु व्यर्थ हो र महिलाले महिलाका समस्या सबै बुझ्छन् भन्नु पनि व्यर्थ हो ।

महिलाले महिलालाई हेपेका, दबाएका घटना पनि छन् । पुरुषले महिलाका समस्या बुझेर सहुलियत दिएका सहयोग गरेका घटना पनि छन् । आजकै कुरामा तपाई भन्नुस् महिलाले महिलाका कुरा बुभ्mछन् भन्ने कसरी ? र पुरुषले महिलाका समस्या बुभ्mदैनन् भन्ने कसरी ? यो एउटा मानवीय संवेदनाको कुरा हो, विवेक विचारको कुरा हो । जानुस् तपाइँ ।’

पूर्णिमा दीपकलाई धन्यवाद दिँदै कोठाबाट निस्केर डेरातिर लागिन् । बाटोभरि उनले आफ्ना आफन्त महिला र पुरुषको तुलना गरिन् । त्यसमा आफ्ना सासू, ससुरा, आमा, बुबा, दाइ, भाउजु, जेठाजु, जेठानी, नन्द, अमाजू, दिदी, बैनी सबैको तुलना गरिन्, दीपकको कुरा सम्झिन्, कार्यालय प्रमुखको कुरा सम्झिन् । उनलाई दीपकको कुरा ठिक लाग्यो । जसमा विवेक र संवेदना छ, ऊ नै राम्रो मान्छे हो । चाहे त्यो महिला होस् वा पुरुष । पुरुषले पनि आफ्ना आफन्तहरुबाट महिलाका धेरै कुरा थाहा पाउन सक्छ । पूर्णिमा हुरिँदै कोठाभित्र पसिन् ।

उसलाई हेर्न बसेकी सानी नानी बच्चसँगै निदाएकी थिई । उनले भोकले रुँदा रुँदै निदाएको आफ्नोे शिशुलाई काखमा उठाएर चुमिन्, अनि बरर आँखाबाट आँसु झार्दै मुसारिन् र उसको भोक मेटाई कार्यालय फर्किन् । कार्यालय प्रमुख उनले भनेको नमानेको देखेर रीसले आँखा रातो पार्दै हरिरहेकी थिइन् । उनका बच्चा नभएकोले होला उनी अति नै कठोर थिइन् । केही महिनापछि ती कार्यालय प्रमुखको बच्चा भयो । उनी बिदामा बसेपछि दिपकले कार्यालय प्रमुखको काम चलाउन थाले । सुत्केरी बिदा सकिएपछि कार्यालय प्रमुख कार्यालयमा फर्किन् र कामगर्न थालिन् । एक दिन उनले दिपकसँग भनिन्, दिपकजी म आज मेरो बच्चालाई भिटामिन खुवाउन लैजानुछ, तपाईँ कार्यालयको काम सम्हाल्नुहोला है ? बच्चालाई पोलियो भिटामिन खुवाउन जाँदा त दुई तीन घण्टा लागिहाल्छ मेडम । यहाँ केही काम परे के गर्ने ? दिपकको कुरा सुनेर उनले भनिन्, यहाँ काम पर्छ भनेर मैले बच्चालाई भिटामिन खुवाउनै नलैजा ऊँ त, कस्तो कुरागर्नु भएको तपाईले ?

यही मौकामा दिपकले भन्यो, ‘मेडमलाई याद छ कि छैन कुन्नि, पाँच छ महिना अगाडि पूर्णिमाजीले बच्चाको लागि आधा घण्टाको बिदा माग्दा तपाइँले के के भन्नु भएको थियो ? अहिले तपाइँलाई त्यही समस्या परयो त । तपाइँले त पूर्णिमासँग माफी माग्नुपर्छ ।’

दिपक कुराले उनको मुख रातो भयो । भनिन् म पूर्णिमासँग क्षमा माग्छु । उनी पूर्णिमाको कोठामा गईन् र भनिन्, ‘पूर्णिमाजी मैले तपाईलाई आधा घण्टा छुट्टी दिनुस्, बच्चालाई दुध ख्वाएर आउँछु भन्दा मैले छुट्टी नदिई के के भने उतिबेलाको कुरामा मलाई माफ गरिदिनुहोस् है । मैले जागीरगर्ने आमाको पीडा बुझेँ ।’ यसो भन्दै उनी कार्यालयबाट बाहिरिइन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।