Logo बैशाख ६, २०७८ सोमबार


रमेशको ‘बाटाभरिका तगारा’ बन्यो उत्कृष्ट गीत

काठमाडौं । रेडियो नेपालको ७१ औ बार्षिकोत्सवको अवसरमा २०७७ चैत्र १८ गते रेडियो नेपालको प्रांगणमा आयोजित आधुनिक संगीत प्रतियोगितामा रमेश दहालले उत्कृष्ट स्थान हासिल गर्नुभएको छ । गत चैत्र ११, १२, १३, र १५ गते सम्पन्न भएको पहिलो चरणको छनौट प्रतियोगितामा ५० गीतहरु प्रस्तुत भएका थिए भने ३१ ओटा गीतहरु अन्तिम चरणका लागि छानिएका थिए।  दिर्शकहरुको बाक्लो उपस्थितिमा आयोजित आधुनिकसङ्गीत प्रतियोगितामा देशभरिबाट छानिएका ३१ ओटा गीत- संगीतमध्ये रमेश दहालको ‘ बाटाभरिका तगारा छिचोल्न सकूँ’ बोलको शब्दले रमेशलाई दोस्रो पटक पनि उत्कृष्ट स्थान दिलाएको छ।

सरकारी तवरबाट हुने सांगीतिक प्रतियोगिता नेपालमा लामो इतिहास बोकेको गरिमामय प्रतियोगिता हो । नेपाली गीत-संगीतको क्षेत्रमा अत्यन्तै महत्वपूर्ण रुपमा हेरिने राष्ट्रब्यापी आधुनिक सङ्गीत प्रतियोगितामा भाग लिएर उत्कृष्ट हुन बर्षौसम्म सङ्गीतकर्मीहरु प्रयाशरत रहन्छन् तर कमैले मात्रै सफलता पाउने गर्दछन् । रमेशले भने ०६६ सालमै पहिलो पटक ‘ पूर्वको बादल जल्यो’ बोलकोगीतका लागि उत्कृष्ट स्थान प्राप्त गर्नुभएको थियो भने दोस्रोपटक ‘ बाटाभरिका तगारा छिचोल्न सकूँ’ बोलको गीतले उत्कृष्ट स्थान प्राप्त गरेको हो ।

कार्यक्रममा उत्कृष्ट गीत, सङ्गीतकार डेनी निरौलाको सङ्गीत र गायिका सिर्जना गुरागाईंको स्वरमा प्रस्तुत भएको थियो । प्रतियोगितामा गायन तर्फ शुभाश मण्डल प्रथम, शंकर स्माइल सङ्गीत तर्फ प्रथम भएका थिए । नारायण गोपाल, भक्तराज आचार्य, दिप श्रेष्ठदेखिरामकृष्ण ढकाल, अन्जु पन्त, शिब परियारलगायत हिजो र आजका प्रसिध्द सङ्गीतकर्मीहरुले यस्तै प्रतियोगिताबाट आफ्नोसांगीतिक यात्रा सुरु गरेका थिए ।

रेडियो नेपालले ०२२ सालदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ । जसमा उत्कृष्ट हुने कलाकारले नेपाली गीत- संगीतमा उल्लेख्य नाम आर्जन गर्न सक्छन् भन्ने देखाउछ । यो अवार्डले नेपाली संगीतकर्मीको मनोबल उच्च बनाउने कसिकोसमेत काम गर्ने संगीतकर्मीहरु बताउछन् । प्रतियोगितामा संगीततर्फ तारा थापा, गायन तर्फ प्रकाश गुरुङ रगीतलेखन तर्फ सुबाश चन्द्र ढुंगेलसहितको निर्णायक समितिले निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।