Logo बैशाख २९, २०७८ बुधबार


कांग्रेसद्वारा प्रधानमन्त्रीको राजीनामा माग, आफ्नै पहलमा सरकार गठनको पहल गर्ने निर्णय

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समितिको शुक्रबार बसेको बैठकको निर्णय सार्वजनिक गरिएको छ। सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले विभिन्न ७ बुँदे निर्णय गरेको हाे ।

बैठकले यसअघि नै केपी ओलीले नेतृत्व गरेको वर्तमान सरकारले शासन गर्ने नैतिक र राजनीतिक आधार गुमाइसकेको ठहर गरे अनुरुप उहाँको राजीनामा माग गर्ने निर्णय गरेको छ । साथै कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकले क्रियाशील सदस्यता छानविन समितिद्वारा प्रस्तुत क्रियाशील सदस्यता सम्बन्धी प्रस्तावित सुझाव सहितको संशोधित कार्यतालिका पनि तय गरेको छ। जसअनुसार एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यताको सूची प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले प्रकाशित गरी जिल्ला कार्यसमितिमा र केन्द्रमा चैत्र ३० गते भित्र पठाउने तय गरेको छ।

यस्तै नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्ला स्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा परेका उजुरी उपर छानविन गरी निर्णय गर्ने र निर्णय अनुसारको सूची प्रकाशित गरी केन्द्रमा पठाउनु पर्ने अवधि वैशाख १० गतेसम्म तोकिएको छ। अन्य राजनीतिक दलबाट पार्टीमा प्रवेश गरेका नेता तथा सदस्यहरुको समायोजन सम्बन्धमा गरेको निर्णय सम्बन्धी प्रस्ताव पनि बैठकले सर्वसम्मतिले पारित गरेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…