Logo बैशाख ३१, २०७८ शुक्रबार


ओलीकै कारण पार्टी दलाल पुँजीपतिहरूको चंगुलमा फस्दैछ : नेता भुषाल

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुषालले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पार्टी विभाजनका लागि उद्धत रहेको बताउनुभएको छ ।

शनिबार एमालेको खनाल–नेपाल पक्षीय नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन (नेस्टु) को तेस्रो महाधिवेशन उद्घाटन कार्यक्रममा नेता भुषालले ओलीकै कारण दलाल पुँजीपतिहरूको चंगुलमा पार्टी फस्न लागेको बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीको कारण कम्युनिष्ट आन्दोलन धरापमा परेको निष्कर्षसहित त्यसको रक्षा गर्नका लागि देशव्यापी अभियान थालिएको प्रष्ट पार्नुभयो ।

उहाँले राजतन्त्र समाप्तिपछि कम्युनिष्ट पार्टीको एउटा कार्यभार पूरा भएर नयाँ नीति पारित गर्नुपर्ने पैरवी पार्टीमा भइरहँदा ओली परिवर्तनको विरोधीका रुपमा खडा भएको बताउनुभयो । पार्टीको नवौं महाधिवेशनले समाजवाद ल्याउने नीति पारित गरे पनि नेतृत्वमा ओलीलाई छानेर समस्या देखिएको नेता भुषालको दाबी थियो । नवौं महाधिवेशनले समाजवादको कार्यदिशा पारित गरेपनि त्यसको विपरीत विचार राख्ने ओलीलाई नेतृत्वमा चुनेर पार्टीले भूल गरेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीमाथि व्यङ्ग्य गर्दै उनी ‘टेम्पो हाँक्ने मान्छे’मात्र भएकाले पार्टीमा ट्रक हाँक्न सक्ने नेता चाहिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…