Logo बैशाख ३१, २०७८ शुक्रबार


एमाले नेता खनाल निवासमै पुगेर राष्ट्रपतिले भनिन्, ‘तपाइँहरु मिलेर जानुहाेस्’

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई पार्टीमा मिलेर अघि बढ्न सुझाव दिनुभएको छ । शनिबार दिउँसो पूर्वप्रधानमन्त्री समेत रहनुभएका खनाल निवास डल्लु पुगेर राष्ट्रपति भण्डारीले एमाले मिलेर अघि बढ्नुपर्ने बताउनुभएको नेता खनालले जानकारी दिनुभयो ।

नेता खनालले भन्नुभयो, ‘पार्टीलाई बलियो बनाउने भन्ने कुरा म पनि सोचिरहेको छु । र राष्ट्रपतिले पनि सबै पार्टी बलिया हुन र नेकपा एमाले पनि बलियो होस भन्ने आफ्नो चाहाना राख्नुभयो । उहाँले ‘तपाइँहरु मिलेर जानुस्’ भन्ने विचार राख्नुभयो ।’

भेटमा राष्ट्रपतिले मुलुकको समसामयिक राजनीति सँगै नेता खनालको स्वास्थ्य अवस्थका बारेमा समेत चासो राख्नुभएको थियो । यस विषयमा खनालले आफ्नो अवस्था सामान्य भएको जानकारी गराएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रपतिले मेरो स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्नुभयो । मैले आफ्नो स्वास्थ्य सामान्य भएको जानकारी गराएँ । हामीले आफ्नो जीवन उहिले बलिदान दिइसकेका छौँ । यो जीवन नाफाको जीवन हो । त्यसैले मलाई व्यक्तिगत स्वास्थ्यको चिन्ता हुँदैन । मलाई चिन्ता त पार्टी, कम्युनिष्ट आन्दोलनको लागेको छ । सबै पार्टी एक भए सुदृढ भए भनेमात्र लोकतन्त्र बलियो हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…