Logo जेठ २, २०७८ आइतबार


स्पेनिस ला लिगा: रियल मड्रिडको जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गतको रियल मड्रिडले जित निकालेको छ । गएराति स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा सम्पन्न खेलमा घरेलु टोली मड्रिडले इबरमाथि २-० को जित निकालेको हो।

खेलको ४१ औं मिनेटमा घरेलु टोलीले अग्रता बनाएको थियो। कासेमिरोको पासमा मार्को एसेन्सिओले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले रहेको रियलका लागि दोस्रो हाफमा करिम बेञ्जेमाले अर्को गोल थपे। उनले खेलको ७३ औं मिनेटमा भिनिसियस जुनियरको पासमा गोल गरे। र, घरेलु टोलीले २-० को जित निकाल्यो।

जितसँगै रियल शीर्ष दुईमा प्रवेश गरेको छ। रियलले २९ खेलबाट ६३ अंक जोडेको छ भने शीर्षस्थानको एट्लेटिकोले २८ खेलबाट ६६ अंक जोडेको छ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…