Logo बैशाख ३१, २०७८ शुक्रबार


नयाँ वर्षमा ३ सिमानामा चौँरी महोत्सव

पाँचथर । नयाँ वर्षको अवसरमा फालेलुङ गाउँपालिका–४ तीनसिमानामा चौँरी महोत्सव हुने भएको छ । विगत चार वर्षयता आयोजना भइरहेको महोत्सव यस वर्ष पनि नेपाल–भारत सीमावर्ती क्षेत्र तीनसिमानामा आयोजना गर्न लागिएको हो ।

फालेलुङ गाउँपालिकाको आर्थिक सहयोगमा यहाँका दीपज्योति युवा क्लब, फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवद्र्धन संस्था र कञ्चनजङ्घाका चौँरीपालन तथा संरक्षण संस्थाले महोत्सवको आयोजना गरेका हुन् । महोसत्व एक दिन आगामी २०७८ वैशाख १ गते सञ्चालन हुनेछ । महोत्सवमा चौँरीका विभिन्न प्रजाति तथा चौँरीसँग सम्बन्धित सामग्रीको प्रदर्शनी मुख्य आकर्षण रहने महोत्सव आयोजक समितिका सचिव सुनिल बान्तवाले जानकारी दिनुभयो ।

परम्परागत चौँरीपालनलाई व्यवस्थित र व्यावसायिक बनाई दिगो आयस्रोत बनाउने, चौँरीमा आधारित पर्यापर्यटन प्रवद्र्धनमा सघाउ पुर्याउने, जैविक विविधता, दुर्लभ वनस्पति तथा जीवजन्तु संरक्षणको सन्देश दिने मुख्य उद्देश्यसहित महोत्सव आयोजना गरिएको हो । महोत्सवमा चौँरी तथा याकका विभिन्न प्रजातिको प्रदर्शनी, चौँरीजन्य उत्पादनको प्रदर्शनी, भूटानबाट ल्याइएका याकको प्रदर्शनी, घोडाचढी तथा याकचढी मुख्य आकर्षण रहेका छन् । यस्तै उच्च पहाडी क्षेत्रमा पाइने जडीबुटीको प्रदर्शनी, स्थानीय संस्कारमा आधारित खाद्यान्नका परिकार, भेडाको ऊनबाट निर्मित सामग्री, गोठबासमा बसोबासजस्ता आकर्षण रहने आयोजक समितिका सचिव बान्तवाले बताउनुभयो ।

तीनसिमानाबाट नेपाल, भारत र भूटानका हिमालको दृश्यावलोकन गर्न सकिन्छ भने यहाँ प्रसिद्ध तीर्थस्थल गोर्खेधामसमेत रहेको छ । विगतमा फालेलुङ–४ चाररातेमा चौँरी महोत्सव आयोजना गर्ने गरिएको थियो तर चारराते पुग्न भारतीय बाटोको प्रयोग गर्नुपर्ने, सुरक्षाको अभावजस्ता कारणले महोत्सवस्थल तीनसिमाना निर्धारण गरिएको महोत्सव आयोजक समितिका अध्यक्ष एवं फालेलुङ–४ का वडाध्यक्ष विद्धिमान सावदेनले बताउनुभयो । तीनसिमाना नजिकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको, गोठबासको प्रबन्ध भएको, सहज सडक पहुँच भएको तथा तीनसिमानालाई पर्यटक गन्तव्य बनाउन प्रचारमा जोड दिनुपर्ने भएकाले यहाँ महोत्सव आयोजना गरिएको अध्यक्ष सावदेनको भनाइ छ । महोत्सव सम्पन्न गर्न मूल आयोजक समिति तथा चारवटा उपसमिति गठन गरिएको अध्यक्ष सावदेनले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…