Logo बैशाख २९, २०७८ बुधबार


राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी कुवेतका अब्दुल्लाहलाई

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी कुवेतका अब्दुल्लाह अलमुताइरीलाई दिइएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक कमिटीले सिफारिस गरे अनुसार एन्फाले कुवेतका अब्दुल्लाहलाई प्रशिक्षकको जिम्मेवारी दिइएको हो।

यसअघि नेपाली टिमको मुख्य प्रशिक्षक बालगोपाल महर्जन थिए। महर्जनको नेतृत्वमा नेपालले गत साता थ्री नेसन्स कप जितेको थियो।

अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप छनोटका लागि प्रो लाइसेन्स प्राप्त प्रशिक्षक चाहिने नियम ल्याएपछि प्रो लाइसेन्स प्राप्त अब्दुल्लाहलाई प्रशिक्षक बनाउन लागेको एन्फाले बताएको छ ।

नेपालले विश्वकप छनोटअन्तर्गत आगामी जुनमा तीन खेल खेल्न बाँकी छ। तीन वटै खेल कुवेतमा हुनेछन्।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…