Logo बैशाख ३१, २०७८ शुक्रबार


डेडिकेटेड सुविधाको १० अर्ब १४ करोड रकम एक महिनाभित्र असुल गर्न लेखा समितिको निर्देशन

काठमाडौं । सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणबाट डेडिकेटेड र ट्रंक लाइन सुविधा लिएवापत महसुल नतिर्ने उद्योगीबाट उठाउन बाँकी १० अर्ब १४ करोड ८ लाख तीस हजार रुपैयाँ १ महिनाभित्र कानुनअनुसार असुलउपर गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको आइतबार बसेको बैठकले डेडिकेटेड र ट्रंक लाइन सुविधा लिएर महसुल नतिर्नेबाट एक महिनाभित्र रकम असुल गर्न निर्देशन दिएको हो ।

समिति सभापति भरतकुमार शाहका अनुसार समिति सदस्य मिनेन्द्र रिजालको संयोजकत्वमा नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदनको सुझावअनुसार समितिले उक्त निर्णय लिएको हो ।

‘नेपाल विद्युत् प्राधिकरणलाई तिर्न बाँकी ट्रंक लाइन र डेडिकेटेड सुविधाको १० अर्ब १४ करोड ८ लाख ३० हजार रुपैयाँ एक महिनाभित्र  असुल गर्न निर्णय भएको छ’ सभापति शाहले भन्नुभयो।

समितिको बैठकमा सांसद सूर्य पाठकले उपसमितिको प्रतिवेदन पास गर्नुपर्ने र बक्यौता उठाउन निर्देशन दिनुपर्ने बताउनुभएको थियो ।

सांसद प्रदीप यादवले उद्योगी, व्यापारीले लोडसेडिङको समयमा पनि २४ घण्टा लाइन लिएर विशेष सुविधा उपभोग गर्ने तर त्यसवापतको रकम भुक्तानी नगरेकाले बक्यौता रकम उठाएर मात्रै नपुग्न उनीहरुलाई कारबाही पनि गर्नुपर्ने बताउनुभएको थियो । ‘उद्योग खोलेर पैसा कमाउने तर सरकारलाई रकम नदिने ? जनताले ६० दिनभित्र महसुल नतिरे तत्काल लाइन काट्ने तर उद्योगीले वर्षौं नदिँदा पनि छुट हुने ?’ उहाँले भन्नुभयो, ‘शक्तिको आडमा रहेका उद्योगीले सरकारलाई तिर्नुपर्ने रकम नबुझाएका हुन् ।’

सांसद चन्दा चौधरीले सरकारबाट विशेष सुविधा लिएर व्यापारीले पैसा आर्जन गरिरहेको बताउनुभयाे । सर्वोच्च अदालतले पनि बक्यौता रकम असुल गर्नु भनिसकेकाले तत्काल त्यो रकम असुल गरानउका लागि निर्दशेन दिनुपर्ने उनको माग थियो । ‘उद्योगमा ताल्चा लगाएर हुन्छ कि, सम्पति बेचेर हुन्छ कि जग्गाजमिन बेच्न लगाएर हुन्छ बक्यौता उठाउन निर्देशन दिनुपर्छ, उहाँले भन्नुभयाे, ‘सरकारले चाह्यो भने जे पनि हुन्छ । नियम, कानुन सबैको लागि समान रूपमा लागु हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…