होटल सञ्चालक निरौला मृत फेला

शम्भुजित दाहाल
झापा । बिर्तामोडको गाउँले होटलका सञ्चालक तिलक निरौला मृत फेला परेका छन् । निरौलाको शव चारआली जंगलमा फेला परेको हो ।
बिर्तामोड ५ बस्ने निरौलाको शव जंगलमा फेला परेको प्रहरीले जानकारी दिएकाे छ ।
शुक्रबार ३ बजेबाट हराएका निरौलाको हत्या भएको हाे वा के कारणले मृत्यु भएको हो भन्ने बारेमा अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।