Logo बैशाख ३१, २०७८ शुक्रबार


चैत २५ गतेदेखि कोरोनाविरुद्धको चिनियाँ खोप लगाइने

काठमाडौं । सरकारले चीनबाट अनुदान सहयोगमा प्राप्त कोरोनाविरुद्धको भेरोसेल खोप आगामी २५ गतेदेखि लगाउने निर्णय गरेको छ । सरकारले यो खोप काठमाडौं उपत्यकाका अस्पताल र प्रदेशस्तरीय अस्पतालमा मात्रै उपलब्ध गराउने निर्णय गरेको हो ।

चिनियाँ खोप ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई दिने सरकारले निर्णय गरेको छ ।

चिनियाँ खोप कम्पनी सिनोफार्म बेइजिङ इन्स्टिच्युटले उत्पादन गरेको खोपको ८ लाख डोज गत १६ चैतमा नेपाल ल्याइएको हो ।

चीन भ्रमणमा जानेहरु, अध्ययनका लागि जाने विद्यार्थी, व्यापार व्यवसाय गर्न जानेलाई चीन सरकारले चिनियाँ खोप नै लगाउने पर्ने नियम बनाएकाले यो खोपको लक्षित वर्ग त्यस्ता व्यक्ति नै हुने मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…