Logo बैशाख ३१, २०७८ शुक्रबार


बर्दियाका पुलिसराम थारूको ज्यान लिएको बाघ सदर चिडियाखानामा

काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिइएको नरभक्षी बाघलाई सदर चिडियाखानामा राखिने भएको छ ।

आइतबार साँझ राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको बाघलाई सोमवार काठमाडौं ल्याउन लागेको हो । मान्छे मार्ने उक्त बाघलाई सदर चिडियाखानामा राखिने भएको हो । बाघलाई सोमबार ललितपुरस्थित जावलाखेलको चिडियाखानामा राख्न लागेको सूचना अधिकारी असिम थापाले जानकारी दिनुभयो । बाघलाई राख्ने ठाउँ नभएपछि चिडियाखानामा राख्न काठमाडौं पठाउन लागेको थापाले बताउनुभयो ।

आइतबार साँझ उक्त बाघको आक्रमणबाट बर्दिया राष्ट्रिय निकुञ्जमा कार्यरत गैंडा गणना गर्न हात्तीसहित गएका गडक लाई बाघले आक्रमण गरेको थियो।
पौने ६ बजे ठाकुरबाबा नगरपालिका–९ गैडामचानस्थित बर्दिया राष्ट्रिय निकुञ्जमा कार्यरत गैंडा गणना गर्न हात्तीसहित गएका गडक गुडगाव बस्ने ३४ वर्षीय पुलिसराम थारूको मृत्यु भएको थियो ।

पुलिसराम हात्तीबाट भुइँमा झरेको मौकामा बाघले उनीमाथि आक्रमण गरी २०० मिटर टाढा लगेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…