Logo बैशाख ७, २०७८ मंगलबार


‘नेपाली चलचित्र उद्योगको रुपमा स्थापित हुन सकेन’

काठमाडाैं । वरिष्ठ कलाकार नीर शाहले औद्योगिक चरित्र हासिल गर्न नसकेका कारण चलचित्र क्षेत्र उद्योगको रुपमा स्थापित हुन नसकेको बताउनुभएको छ । नेपाल चलचित्र निर्देशक समाजको १३ औं वार्षिक साधारणसभामा बोल्दै वरिष्ठ कलाकार शाहले चलचित्र क्षेत्रको विकासका लागि सरकारले नीति नियम बनाए पनि औद्योगिक चरित्र हासिल नभएसम्म उद्योगको रुपमा स्थापित हुन नसक्ने बताउनुभएकाे हाे।

चलचित्र क्षेत्र आफै राष्ट्रिय स्तरको बन्न नसकेको पनि शाहकाे भनाइ छ । जुन भाषालाई मात्र लिएर दशकौंदेखि सिनेमा बनेका छन् त्यसकै आधारमा राष्ट्रिय भइसक्नुपर्ने तर त्यसो हुन नसक्नुको मुख्य कारण सबैले जान्ने र माया गर्ने भाषामा चलचित्रलाई प्रस्तुत गर्न नसक्नु नै रहेको बताउनुभयो । जबसम्म देश भरका सम्पूर्ण भाषा, संस्कृति, संस्कारलाई सन्तुलित ढङ्गबाट अगाडि बढाउन सकिदैन तबसम्म चलचित्र उद्योगले राष्ट्रिय स्वरुप हासिल गर्न नसक्ने वरिष्ठ कलाकार शाहले बताउउनुभयाे ।

कुनैपनि वित्तीय संस्था चलचित्र निर्माणका लागि वित्तीय सहायता दिन तयार नभएसम्म नेपाली चलचित्र क्षेत्र चलायमान बन्न नसक्ने पनि शाहको भनाइ छ । देशभरका जुनसुकै भाषा, समुदाय, संस्कृति र संस्कारमा विश्वास गर्ने चलचित्रकर्मीहरु एकजुट भएर दरिलो वित्तीय संस्था गठन गर्न तत्पर हुन पनि आग्रह गर्नुभयो । वित्तीय संस्था निर्माण गर्न सक्ने हो भने भोलिका दिनमा सम्पूर्ण मागहरुलाई सम्बोधन गर्न सकिने तर त्यसो हुन नसके आगामि दिनमा चलचित्र क्षेत्र अझ कठिन भएर जाने पनि शाहले बताउनुभयो ।

नेपाल चलचित्र निर्देशक समाजको १३औं वार्षिक साधारणसभामा उपस्थित कलाकार तथा निर्माताहरुले कोभिडबाट सबैभन्दा बढी प्रभावित भएको चलचित्र क्षेत्रलाई चलायमान बनाउन चुनौति रहेको बताएका छन् । नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षासिंह राणाले चलचित्र क्षेत्रलाई चलायमान बनाउन सबैभन्दा पहिला हल खोल्नुपर्ने बताउनुभयो । त्यसपछि स्वास्थ्य मापदण्ड पालना गरी दर्शकलाई चलचित्र हेर्न आह्वान गर्नुपर्ने बताउनुभयो ।

निर्देशक समाजका उपाध्यक्ष राजेन्द्र उप्रेतीले सरकारले कोरोना खोप सबै नागरिकलाई दिनुपर्ने र भीडमा जाँदा कोरोना सर्दैन भन्ने विश्वास दिलाउनुपर्ने बताउनुभयो । यस्तै, यसअघि राम्रो चलचित्र बनाई राम्रो आम्दानी गर्दै आएका निर्माताहरुले नै पहिलो तत्परता देखाएर चलचित्र प्रदर्शनी गर्नुपर्ने बताउनुभयो । निर्देशक समाजका अर्का उपाध्यक्ष राजु अधिकारीले पनि दर्शकलाई हलमा जाँदा स्वास्थ्य मापदण्ड पुरा गरी सुरक्षाको आभास दिलाउनुपर्ने बताउनुभयो ।

निर्देशक समाजका सचिव जनकदीप बज्राचार्यले सीनेमा दर्शक, सरकार र सबैको सकारात्मक सहयोग भएमा थलिएको सिनेमा क्षेत्र चलायमान बनाउन सकिने बताउनुभयो । यस्तै, निर्देशक, निर्माता नरेश पौडेलले सरकारले पाँच वर्ष सम्मका लागि चलचित्र क्षेत्रका सबै व्यवसायलाई सम्पूर्ण रुपले कर छुट गर्नुपर्ने बताउनुभयो ।

कलाकार दिनेश डिसीले सबैभन्दा पहिला गास बास र कपासको समस्या समाधान नभईकन चलचित्र क्षेत्र चलायमान बन्न नसक्ने बताउनुभयो। जनजीवन समान्य बन्दै गएको अवस्थामा चलचित्रकर्मीहरु सबैले आफ्नो कामलाई निरन्तरता दिई चलचित्र प्रदर्शनका लागि तयार हुनुपर्ने बताउनुभयो । यस्तै, पहिलोपटक चलचित्र कसले चलाउने भन्ने अन्योल भएकाले सरकारले सहयोग गर्नुपर्ने पनि बताउनुभयो । कलाकार दिपाश्री निरौलाले सामाजिक दूरी कायम गर्दै चलचित्र हेर्नका लागि आम दर्शकलाई आह्वान गर्नुपर्ने बताउनुभयो ।

कोभिड पछि जनजीवन विस्तारै समान्य बन्दै गएको अवस्थामा पनि चलचित्र क्षेत्र सूचारु हुन सकेको छैन । खासगरी कसले पहिला चलचित्र प्रदर्शन गर्ने भन्ने अन्योल चलचित्र निर्माताहरुमा देखिएको छ । कोभिडपछि खुलेको बजारमा चलचित्र हेर्नका लागि दर्शक नआउने हुन की भन्ने आशंकाले चलचित्र क्षेत्र चलायमान हुन नसकेको चलचित्रकर्मीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।