Logo बैशाख ७, २०७८ मंगलबार


अक्षय कुमारसहित चलचित्र रामसेतुका ४६ कलाकारमा कोरोना संक्रमण

काठमाडौं । बलिउड चलचित्र रामसेतुका ४६ कलाकारमा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । अभिनेता अक्षय कुमारसहित ४६ जना कलाकारमा कोरोना पोजेटिभ देखिएको हो ।

संक्रमित सबै कलाकार क्वारेन्टाइनमा छन् । सोमबारदेखि एक सय जना मानिस रामसेतुको सेटमा आफ्नो काम शुरु गर्ने वाला थिए । त्यसअगावै कोरोना रिपोर्टमा ४५ जना जुनियर कलाकारमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको बताइएको छ । रिपोर्ट आएसँगै फिल्म शुटिङ तत्कालका लागि बन्द गरिएको छ ।

गत विहीबार नै अभिनेता अक्षय कुमारलाई कोरोना पुष्टि भएको थियो । सोमबार अक्षय कुमारलाई पवइको हिरानन्दानी हस्पिलटमा भर्ना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।