Logo बैशाख ३, २०७८ शुक्रबार


‘प्रधानमन्त्री ज्यू, यो त नौटङ्की नै हो’

काठमाडाैं । सांसदहरुले समसामयिक राजनीतिक विषय र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । संघीय संसद प्रतिनिधिसभाको सोमबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले समसायिक राजनीतिक विषय, संसदको प्रभावकारिता, विकास निर्माण लगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद राजबहादुर बुढा क्षेत्रीले जनतामा सदनप्रति विश्वास कायम राख्ने वातावरण मिलाउन राजनीतिक दलका नेताहरुको ध्यानाकर्षण गराउनुभयो । उहाँले संसदको अंकगणित र जनताको अभिमतलाई मुलुकको सम्मृद्धि र स्थिरताको पक्षमा मिलाएर लैजानु नै दलहरुको राजनीतिक धर्म कर्म र दायित्व भएको भन्दै त्यसतर्फ सबैको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको सदनको चाललाई हेर्दा भेन्टिलेटरमा राखेको बिरामी जस्तै भएको छ । गतिविधिका हिसाबले शुन्यतामा पुग्नु मुलुकका लागि दुर्भाग्य हो । राजनीतिक दलहरुले सधै चालबाजीको खेल खेल्नु शोभनीय हुँदैन । मुलुकको माग स्थिरता छ । सम्मृद्धि छ । संविधानको कार्यान्वयन छ । संसद भित्रको अंक गणितले गर्दा संसदीय गतिविधि संचालनमा कठिनाई उत्पन्न भएको हो भन्ने मान्ने हो भने अर्लि इलेक्सनबाट आउने अंकगणित पनि यो भन्दा नमिलेर आउन सक्छ । त्यसपछि पनि अर्लि इलेक्सनमा जाने हो ? यो समाधानको बाटो होइन । जनताले दिएको अभिमत र अंक गणितलाई मुलुकको सम्मृद्धि र स्थिरताको पक्षमा मिलाएर लानु दलहरुको राजनीतिक धर्म , कर्म र राजनीतिक दायित्व हो । सबै पक्ष मिलेर जिम्मेबारी बोध गरौं । जनतामा सदनप्रतिको विश्वास जगाऔं ।’

सांसद रंगमती शाहीले संविधान विपरित सम्बैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएका प्रधानमन्त्रीले महिला हिंसाका विधेयकहरु ल्याउन दिएनन् भनेर ढाँटेको आरोप लगाउनुभयो । उहाँले संसदले बनाएका प्रधानमन्त्री संसद र सिंहदरबारमा आउन डराएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘देश रेलमार्ग, जलमार्ग र सुरुङमार्गको नयाँ युवामा प्रवेश गर्यो रे । मेरो जिल्लाका जनताले एम्बुलेन्स, गाडी के हो देखेका छैनन् । बिरामीले अहिलेसम्म अकालमा ज्यान गुमाउनु परेको छ । जो ठूला अपराधी, भ्रष्ट्रचारीहरुलाई गणतन्त्र मनाउनेको नाममा चालचलन राम्रो लाग्यो भनेर राष्ट्रपतिज्यूले कैद मिनाहा गरिदिनुहुन्छ । म भ्रष्ट्राचार गर्दिन, गर्नपनि दिदिन भन्नुहुन्छ, जसले राज्यको कर छलि गर्न सक्छ उसैको घरमा पार्टी कार्यालय स्थापना हुन्छ । नागरिकता जस्ता अति महत्वपूर्ण विधेयकहरु थन्किन्छन, हजारौं नागरिक बाटोमा छन्, संविधान विपरित संवैधानिक परिषद्को अध्यादेश ल्याइन्छ अनि महिला सांसदले महिला हिंसाका विधेयकहरु, अध्यादेशहरु अगाडि ल्याउन दिएन भनेर ढाँटनु हुन्छ हाम्रो सम्माननीय प्रधानमन्त्री ज्यू । तयारै नगरी एक सय ६५ निर्वाचन क्षेत्रमा रणनीतिक सडक भनेर बालुवाटारबाट स्वीच थिचेर शिलान्यास गर्नुहुन्छ सम्माननीय प्रधानमन्त्री ज्यू यो त नौटङ्की नै हो । संसदले जन्माएको प्रधानमन्त्री संसद र सिंहदरबारमा आउन डराउनुहुन्छ, बालुवाटार पनि सरकारी निवास हो । अब बालकोट मै गएर राज गर्दा राम्रो होला । ”

सांसद मोहनप्रसाद पाण्डेले सिद्धार्थ राजमार्ग अन्र्तगत पोखरा देखि बुटवल सम्मको सडकखण्ड मर्मत तथा स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सालिकग्राम मार्गका लागि बजेट विनियोजन नगरिएकोमा गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “सिद्धार्थ राजमार्गका सन्दर्भमा सरकारको ध्यान किन आकृष्ट हुन सकेन । बुटवलदेखि दोभानसम्म त्यो सडकको दुरदशा हेर्दा सरकारका मन्त्रीहरु पटकपटक त्यही बाटो ओहोर दोहोर गर्नुभएको छ । म आग्रह गर्न चाहन्छु १२/१५ करोड ठूलो कुरा होइन । दुई महिना तीन महिना भित्र १२/१५ करोड रकम विनियोजन गर्यो भने त्यहाँ कालोपत्रे गर्न सकिन्छ । बर्सैपिच्छे मान्छेको ज्यान गएको छ । जीवन जोगाउने काममा सरकार लागि परोस् म आग्रह गर्न चाहन्छु । शालिकराम मार्गका निम्ति बजेट विनियोजन गरिएको छैन किन पूर्वाग्रह राखेको छ म हार्दिकता पूर्वक आग्रह गर्न चाहन्छु त्यसैगरी शालिकराम शिलाका सन्दर्भमा तटबन्ध निर्माण गर्नका निम्ति प्रयाप्त बजेट विनियोजन गर्न म हार्दिकता पूर्वक आग्रह गर्दछु । सरकारको ध्यान सिद्धार्थ राजमार्गको पोखरादेखि बुटवल सम्मका निम्ति सम्पूर्ण रुपले केन्द्रित गर्न म आग्रह गर्न चाहन्छु । मेरुदण्डमा खेलवाड नहोस् ।”

सांसद योगेशकुमार भट्टराईले ताप्लेजुङ दोभानका आगलागी पीडीतलाई तत्काल आवास र दैनिक आवश्यकताका भुकम्प पीडीत सरहको राहत सहयोग उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…