Logo जेठ ३, २०७८ सोमबार


सामाजिक सञ्जालबाट आफ्नो सम्बन्धलाई बचाउनुस्

काठमाडाैं । सामाजिक सञ्जालको विकास सँगै मानविय सम्बन्धको पनि नयाँ परिभाषा बनेको छ । सामाजिक सञ्जालका कारण सम्बन्धमा विभिन्न किसिमका समस्याहरु बढ्दै गएको देखिन्छ । यसले श्रीमान–श्रीमती, प्रेमी–प्रेमीका, आमाबुबा र छोराछोरी, साथीभाइ लगायतका अनेकौँ सम्बन्धमा तनाव सिर्जना हुने गरेको छ । सामाजिक सञ्जालका कारण सम्बन्धमा उत्पन्न हुने तनावबाट बच्च पनि हाल उपाय खोज्नुपर्ने अवस्था देखिएको छ । आज हामी तपाइँलाई यस्तै उपायका बारेमा जानकारी गराउने छौँ ।

–सामाजिक सञ्जालमा आफूलाई अरु कसैसँग तुलना नगर्नुस

कहिल्यै पनि सामाजिक सञ्जालमा आफ्नो सम्बन्धको तुलना अरुसँग गर्नुहुँदैन । सबैको सम्बन्ध आफ्नो समयअनुसार चलिरहेको हुन्छ । परबाट देख्दा अरुको राम्रो र आफ्नो नराम्रो देख्ने र त्यस्तै सम्बन्ध हुनुपर्छ भनेर दबाब दिने र नभएमा आफैँ चिन्ता लिएर बस्ने गर्नु हुँदैन ।
सामाजिक सञ्जालमा सबैको सम्बन्ध राम्रो, खुसी, सुखी देखिन्छ तर यहाँ देखिएका सबै कुरा सत्य हुँदैनन् । त्यसैले सामाजिक सञ्जाल हेरेर आफ्नो सम्बन्धलाई तुलना गर्नु हुँदैन ।

–आफ्नो साथीको पोष्ट बारे धेरै नसोच्नु

सबै मानिसको आफ्नो व्यक्तिगत जीवन हुन्छ । पार्टनर भयो भन्दैमा उसको सबै कुरामा चासो राख्ने र बाधा बन्ने काम गर्नु हुँदैन । आफ्नो पार्टनरले सामाजिक सञ्जालमा गरेको पोष्ट वा अपलोडका विषयमा धेरै सोच्ने गर्नु सम्बन्धको हिसाबले राम्रो होइन ।

–सामाजिक सञ्जालबाट ब्रेक लिने

आजभोलि प्राय मानिस २४ सै घण्टा सामाजिक सञ्जालमा व्यस्त हुने गर्छन् । केही क्षण पनि यसबाट टाढा हुन चाहँदैनन् । सामाजिक सञ्जालमा मात्र धेरै समय बिताउँदा तपाइँको पार्टनरलाई आफ्नो वेवास्ता गरेको महसुस हुन्छ । जसले गर्दा सम्बन्धमा चिसो पन आउन सक्छ । त्यसैले सामाजिक सञ्जालमा सक्रिय भइरहँदा ब्रेकको समयलाई पनि ध्यान दिनुपर्छ । आफ्ना मान्छेलाई दिने समयका बारमा पनि सोच्नुपर्छ ।

–सामाजिक सञ्जालमा आफ्नो सम्बन्ध कति देखाउने तय गर्नुहोस

सामाजिक सञ्जालमा आफूहरु बीचको सम्बन्ध कति देखाउने भन्ने कुरा पार्टनरसँग स्पष्ट कुरा भएको हुनुपर्छ । तपाइँको पार्टनरले तपाइँहरुको सम्बन्धलाई सामाजिक सञ्जालमा धेरै नै खुलाइरहेको छ र तपाइँलाई त्यस कुराले समस्यामा पार्छ भने त्यो कुरा स्पष्ट भन्नुपर्छ ।

–सबै कुरा सामाजिक सञ्जालमा पोष्ट नगर्नुस

तपाइँहरु पार्टनरबीच झगडा भएको, खुसी भएको सबै कुरा सामाजिक सञ्जालमा पोष्ट नगुर्नहोस । सानासाना कुरा पोष्ट गर्नाले पनि सम्बन्धमा अझ फाटो ल्याउन सक्छ । सानो झगडा भएको कुरालाई पनि पोष्ट गर्नाले अरु मानिस हाँस्नुको साथै पोष्ट गरिसकेर सबैलाई थाहा दिइसकेपछि मिल्ने कुरामा पनि मिल्न नसक्ने वातावरण हुन सक्छ । यसले समस्यालाई झन बढाउने काम गर्छ ।

–आफ्नो पुरानो सम्बन्धलाई सामाजिक सञ्जालमा फलो नगर्नुस

सामाजिक सञ्जालमा आफ्नो पुराना सम्बन्धका बारेमा लेख्ने, पुराना पार्टनरलाई फलो गर्ने लगायतका कार्य नगर्नुस । तपाइँको वर्तमान पार्टनरलाई यस्ता कुरा मन नपर्न सक्छ । तपाइँले पुरानो सम्बन्धका बारेमा लेख्ने, कुरा गर्ने, फलो गर्ने गुर्नभएमा तपाइँको पार्टनरलाई अझै पनि तपाइँले पुरानो सम्बन्ध बिर्सन नसकेको र आफूलाई भन्दा बढी माया उसैलाई गरिरहनु भएको छ भन्ने महसुस हुन सक्छ ।

–राति अबेरसम्म सामाजिक सञ्जाल नचलाउनुस

अबेर रातसम्म सामाजिक सञ्जालमा सक्रिय हुनु पनि राम्रो हुँदैन । तपाइँ सामाजिक सञ्जालमा अबेर रातसम्म व्यस्त हुनु भएको तपाइँको पार्टनरलाई मन नपर्न सक्छ ।

–सामाजिक सञ्जालमा सबैले देखिरहेका हुन्छन् भन्ने कुरा ख्याल गर्नुस

सामाजिक सञ्जाल एउटा सार्वजनिक स्थान हो, जहाँ कसैन कसैले कुनै न कुनै प्रकारबाट देखिरहेको र हेरिरहेको हुन्छ । त्यसैले कुनै पनि कुरा पोष्ट गर्नु पहिले वा केही कुरा लेख्नु पहिले यस कुरालाई ध्यान दिनुपर्छ । तपाइँको पार्टनरलाई उसँग जोडिएका कुरामा पोष्ट गरेको, कमेन्ट गरेको मन परेको छैन भने नगर्नुस ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…