Logo जेठ ३, २०७८ सोमबार


बाढी र पहिरोमा परी ९० जनाको मृत्यु

एजेन्सी । इन्डोनेसियामा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या करिब ९० जना पुगेको छ । यहाँका सरकारी अधिकारीका अनुसार हालसम्म बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ८७ जना पुगेको हो ।

अझै पनि दर्जनौं मानिस हराइरहेको बताइएको छ । यस बाढीबाट इन्डोनेसिया र छिमेकमा पर्ने इस्ट टिमोर बढी प्रभावित भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

प्रकोपबाट इन्डोनेसियामा ६६ र इस्ट टिमोर २१ जनाको मृत्यु इन्डोनेसियाको विपत् व्यवस्थापन निकायका प्रवक्ताले सोमबार बिहान बताउनु भएको छ । इस्ट टिमोरको राजधानी दिलीको आवासिय क्षेत्रमा घेरै व्यक्तिको मृत्यु भएको बताइएको छ ।

बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरणहरूमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…