Logo बैशाख ७, २०७८ मंगलबार


न्युजिल्यान्डमा ‘नेपाल महोत्सव’ सम्पन्न, हजाराैंकाे सहभागीता

न्युजिल्यान्ड । न्युजिल्यान्डमा नेपाली भाषा, कला, संस्कृति र सम्पदालाई प्रवर्द्धन गर्न आयोजित ‘नेपाल फेस्टिभल’ महोत्सवमा न्युजिल्यान्डका विभिन्न शहरहरूबाट जम्मा भएका नेपालीहरू र स्थानीयहरूको उपस्थितिमा भव्य रूपमा सम्पन्न भएको छ । प्राय: हलमा हुने नेपाली कार्यक्रमहरू भन्दा खुल्ला स्थान (एओटा स्कायर)मा भएको नेपाल फेस्टिभलले नेपालीहरूको न्युजिल्यान्डमा रहेको उपस्थित तथा नेपालको चिनारी जोगाउन खेलेको सक्रिय भूमिका स्पष्ट रूपमा झल्काएको थियो ।

नेपाली झाँक्री र परेड गरी सुरूवात गरिएको कार्यक्रममा नेपाली खानाका परिकार, संगीत, गायन, नृत्य, झाँकी तथा प्रदर्शनीहरू प्रस्तुत गरिएको थियो । न्युजिल्याण्डबाट सञ्जय शान्ति सुवेदीले दिनुभएकाे जानकारी अनुसार कार्यक्रममा न्युजिल्यान्ड सरकारका मन्त्रीहरू, सांसदहरू, स्वर्गीय एडमण्ड हिलारीकी पत्नी जुन हिलारी, विभिन्न प्रवासी समुदायका प्रतिनिधिहरू, नेपाली समुदायका प्रतिनिधिहरू तथा स्थानीय सञ्चारकर्मीहरू लगायत नेपाली र न्युजिल्यान्ड मूलका सहभागीहरूको बाक्लो सहभागीता रहेको थियो ।

‘२०२० सालमा निर्धारित समयमा कोभिड-१९ का कारणले सम्पन्न गर्न सकिएको थिएन, यसको त्रास अझै रहे पनि कार्यक्रम भने सोचेभन्दा भव्य र नेपाली संस्कृतिलाई प्रचार-प्रसार एवं प्रवर्द्धन गर्न कार्यक्रम सफल रह्यो’ आयोजक न्युजिल्यान्ड नेपाल समाजका अध्यक्ष डा सान्तोष भण्डारीले बताउनुभयो । कार्यक्रममा अतिथिहरू न्युजिल्यान्ड सरकारका मन्त्री प्रियङ्का राधाकृष्णन, माइकल उड तथा संसद मेलिसा ली, न्युजिल्यान्डका लागि नेपालका मानार्थ पर्यटनदूत डा रमिल अधिकारी तथा पिटर गिब्स लगायतले महत्वपूर्ण मन्तव्य राख्नुभएको थियो । वक्ताहरूले नेपाल र न्युजिल्यान्डबीच रहेको परस्पर मैत्री सम्बन्धका बारेमा जोड दिनुभएको थियो ।

३० भन्दा धेरै नृत्य, साङ्गीतिक प्रस्तुति, साँस्कृतिक नृत्य रहेको उक्त कार्यक्रममा अक्ल्याण्ड लगायत ह्यामिल्टन, वेलिङ्टन र क्राइस चर्च गरी १२० जना भन्दा धेरै कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए । बाक्लो सङ्ख्या रहेका स्वयंसेवकको सहयोगमा सुव्यवस्थित रूपमा सम्पन्न नेपाल फेस्टिबलमा अनुमानित दशाैं हजार व्यक्ति सहभागी भएको आयोजकले जनाएको छ ।

(न्युजिल्यान्डबाट सञ्जय शान्ति सुवेदीकाे सहयाेगमा)

 

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।