Logo बैशाख ७, २०७८ मंगलबार


स्पेनिस ला लिगाअन्तर्गत बार्सिलोनाको जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाले संघर्षपूर्ण जित हात पारेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले भालाडोलिडमाथि संघर्षपूर्ण जित निकालेको हो । क्याम्प नोउमा सम्पन्न खेलमा बार्सिलोनाले १-० को संघर्षपूर्ण जित निकालेको हो।

पहिलो हाफ गोरहितबराबरीमा रोकिएको खेलको दोस्रो हाफमा भालाडोलिड १० खेलाडीमा समेटिएको थियो। ओस्कार प्लानोले बार्सिलोनाका ओस्माने डेम्बेलेमाथि खराब ट्याकल गरेपछि ७९ मिनेटमा रेडकार्ड खाँदै बाहिरएका थिए। उता बार्सिलोनाका लागि ९० औं मिनेटमा डेम्बेलेले गोल गरे। जुन गोल बार्सिलोनाको जितका लागि निर्णायक बन्यो।

जितसँगै बार्सिलोना अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। बार्सिलोनाले २९ खेलबाट ६५ अंक जोडेको छ भने उता शीर्षस्थानमा रहेको एट्लेटिको मड्रिडले समान खेलबाट ६६ अंक जोडेको छ। त्यस्तै २७ अंक जोडेको भालाडोलिड तालिकाको १६ औं स्थानमा छ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।