भारतबाट घर फर्कनेको लर्को

काठमाडौं । भारतमा कोरोनाको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि महाराष्ट्रलगायत विभिन्न राज्यमा मजदुरीका लागि गएका नेपालीहरू घर फर्कने क्रम बढेको छ।
सुदूरपश्चिमका मुख्य दुई नाका गौरीफन्टा र कंचनपुरको गड्डाचौकी नाकाबाट दिनहुँ १ हजारभन्दा बढी नेपाल भित्रिइरहेका छन्। नेपाल भित्रिरहेकामध्ये कतिपयमा जाँच गर्दा कोरोनाको संक्रमण देखा परेको छ।
दोस्रो लहरमा तीव्र रूपमा कोरोना संक्रमण फैलिइरहेका सहरबाट नेपाल भित्रिइरहेकाबाट सुदूरपश्चिममा समुदायमा संक्रमण फैलिने जोखिम उच्च बढेको नागरिक दैनिकमा प्रकाशित छ ।